Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

आन्तरिक सामर्थ्य बलियो नभए वाह्य शक्तिले खेल्छन्ः पूर्वपरराष्ट्रमन्त्री साउद


नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सुरक्षा र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय जनमोर्चाले आयोजना गरेको ‘निर्वाचनको मूल्याङ्कन तथा नेपालको परराष्ट्र नीतिबीचको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता साउदले सो कुरा बताउनुभएको हो । कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री साउदले परराष्ट्र नीति र निर्वाचनको मूल्याङ्कनलाई जोडेर हेर्दा आन्तरिक र वाह्य पक्षको सन्तुलन महत्वपूर्ण हुने बताउनु भयो । नेपालको संविधानले नै असंलग्न परराष्ट्र नीतिलाई आत्मसात गरेको स्मरण गराउँदै साउदले व्यावहारिक रूपमा पनि असंलग्न रहनु नै नेपालको हितमा रहेको बताउनु भयो । नेपाल दुई ठूला उदीयमान अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको उल्लेख गर्दै साउदले परराष्ट्र नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले नेपालको बढ्दो व्यापार घाटा र परनिर्भरताप्रति चिन्ता व्यक्त गर्नुभयो । हालैको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयका बारेमा टिप्पणी गर्दै साउदले नयाँ शक्तिसामु चुनौतीका पहाडहरू रहेको बताउनु भयो । विशेष गरी वैदेशिक रोजगारीमा गएका युवाहरूलाई स्वदेशमै रोजगारी दिने आश्वासन पूरा हुन नसके त्यसले भविष्यमा अर्को विद्रोह निम्त्याउन सक्ने उहाँको चेतावनी छ । उहाँले भन्नुभयो, ‘परराष्ट्र नीति एउटा बृहत् विषय हो भने निर्वाचन आन्तरिक अभ्यास । तर, जबसम्म आन्तरिक रूपमा राजनीतिक दलहरू परिपक्व भएर राष्ट्रिय चुनौतीमा एक हुँदैनन्, तबसम्म बाह्य शक्तिहरूले खेल्ने मौका पाउँछन् । हाम्रो पहिलो प्राथमिकता आन्तरिक सुरक्षा, अखण्डता र सार्वभौमिकता हुनुपर्छ । परराष्ट्र नीति गणितीय हुँदैन, यो हाम्रा हितहरूले निर्धारण गर्ने सन्तुलनमा आधारित हुनुपर्छ । हाम्रो बजारमा कि चिनियाँ सामान छ कि भारतीय । आफ्नै उत्पादन नहुँदा नेपालीको जीवनस्तर महँगीले दुरूह बनेको छ । अबको विदेश नीतिले आर्थिक समृद्धिका स्रोतहरू पहिल्याउनुपर्छ ।’ छिमेकी मुलुकहरूमा दशकौँदेखि एउटै राजनीतिक परिपाटी स्थिर रहेको उदाहरण दिँदै साउदले नेपालमा भने छिटो–छिटो हुने सरकार र व्यवस्था परिवर्तनले विकासमा बाधा पु¥याएको बताउनुभयो । उहाँले शासनको ढाँचा र राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक दलबीच न्युनतम सहमति र स्थिरता हुनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सुरक्षा र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय जनमोर्चाले आयोजना गरेको ‘निर्वाचनको मूल्याङ्कन तथा नेपालको परराष्ट्र नीतिबीचको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता साउदले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री साउदले परराष्ट्र नीति र निर्वाचनको मूल्याङ्कनलाई जोडेर हेर्दा आन्तरिक र वाह्य पक्षको सन्तुलन महत्वपूर्ण हुने बताए । नेपालको संविधानले नै असंलग्न परराष्ट्र नीतिलाई आत्मसात गरेको स्मरण गराउँदै साउदले व्यावहारिक रूपमा पनि असंलग्न रहनु नै नेपालको हितमा रहेको बताएका छन् । नेपाल दुई ठूला उदीयमान अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको उल्लेख गर्दै साउदले परराष्ट्र नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले नेपालको बढ्दो व्यापार घाटा र परनिर्भरताप्रति चिन्ता व्यक्त गरेका छन् । हालैको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयका बारेमा टिप्पणी गर्दै साउदले नयाँ शक्तिसामु चुनौतीका पहाडहरू रहेको बताए । विशेष गरी वैदेशिक रोजगारीमा गएका युवाहरूलाई स्वदेशमै रोजगारी दिने आश्वासन पूरा हुन नसके त्यसले भविष्यमा अर्को विद्रोह निम्त्याउन सक्ने उनको चेतावनी छ ।

उनले भने, ‘परराष्ट्र नीति एउटा बृहत् विषय हो भने निर्वाचन आन्तरिक अभ्यास । तर, जबसम्म आन्तरिक रूपमा राजनीतिक दलहरू परिपक्व भएर राष्ट्रिय चुनौतीमा एक हुँदैनन्, तबसम्म बाह्य शक्तिहरूले खेल्ने मौका पाउँछन् । हाम्रो पहिलो प्राथमिकता आन्तरिक सुरक्षा, अखण्डता र सार्वभौमिकता हुनुपर्छ । परराष्ट्र नीति गणितीय हुँदैन, यो हाम्रा हितहरूले निर्धारण गर्ने सन्तुलनमा आधारित हुनुपर्छ । हाम्रो बजारमा कि चिनियाँ सामान छ कि भारतीय । आफ्नै उत्पादन नहुँदा नेपालीको जीवनस्तर महँगीले दुरूह बनेको छ । अबको विदेश नीतिले आर्थिक समृद्धिका स्रोतहरू पहिल्याउनुपर्छ ।’

छिमेकी मुलुकहरूमा दशकौँदेखि एउटै राजनीतिक परिपाटी स्थिर रहेको उदाहरण दिँदै साउदले नेपालमा भने छिटो–छिटो हुने सरकार र व्यवस्था परिवर्तनले विकासमा बाधा पु¥याएको बताएका छन् । उनले शासनको ढाँचा र राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक दलबीच न्युनतम सहमति र स्थिरता हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?