Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कानून निर्माणको कामलाई तिब्र गतिमा अघि बढाउनका लागि प्रतिवद्ध छुः कानूनमन्त्री गौतम


कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तिब्र गतिमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको समर्थन गर्ने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री गौतमले संघीय संसदले आगामी दिनमा काम गर्ने थलोको रुपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताउनु भयो । उहाँले सरकारलाई जवाफदेही बनाउन संघीय संसदको भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिनुभयो । मन्त्री गौतमले भन्नुभयो,‘अब यस पटकको संसदले स्पष्ट जिम्मेवारी कानूनी रिक्तता पूरा गर्नका लागि काम गर्नुपर्नेछ । शासनलाई प्रभावकारी बनाउनका लागि काम गर्नुपर्नेछ । सरकारलाई जवाफदेहितको कसीमा राख्नका लागि पनि काम गर्नुपर्नेछ । अब ढिलाई गर्ने संस्कारलाई हामीले तोड्नै पर्दछ । निर्णय गर्नें शाहस देखाउनै पर्दछ । र, काम गर्ने संसदको पहिचान स्थापित गर्नैपर्दछ । म कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको हैसियतले सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रिया तीव्र गतिमाअघि बढाउनका लागि प्रतिवद्ध छु भन्नेकुरा पनि संसदमार्फत निवेदन गर्न चाहन्छु ।’ मन्त्री गौतमले जनताको आवश्यक्तालाई सम्बोधन गर्न पनि कानून निर्माण गर्ने काममा संसदमा ढिलाई गर्ने छुट नभएको पनि स्पष्ट पार्नुभयो ।

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तिब्र गतिमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताएकी छिन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको समर्थन गर्ने क्रममा उनले सो प्रतिवद्धता व्यक्त गर्र्की हुन् । मन्त्री गौतमले संघीय संसदले आगामी दिनमा काम गर्ने थलोको रुपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताएकी छिन् । उनले सरकारलाई जवाफदेही बनाउन संघीय संसदको भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिएकी छिन् ।

मन्त्री गौतमले भनिन्,‘अब यस पटकको संसदले स्पष्ट जिम्मेवारी कानूनी रिक्तता पूरा गर्नका लागि काम गर्नुपर्नेछ । शासनलाई प्रभावकारी बनाउनका लागि काम गर्नुपर्नेछ । सरकारलाई जवाफदेहितको कसीमा राख्नका लागि पनि काम गर्नुपर्नेछ । अब ढिलाई गर्ने संस्कारलाई हामीले तोड्नै पर्दछ । निर्णय गर्नें शाहस देखाउनै पर्दछ । र, काम गर्ने संसदको पहिचान स्थापित गर्नैपर्दछ । म कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको हैसियतले सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रिया तीव्र गतिमाअघि बढाउनका लागि प्रतिवद्ध छु भन्नेकुरा पनि संसदमार्फत निवेदन गर्न चाहन्छु ।’

मन्त्री गौतमले जनताको आवश्यक्तालाई सम्बोधन गर्न पनि कानून निर्माण गर्ने काममा संसदमा ढिलाई गर्ने छुट नभएको पनि स्पष्ट पारेकी छिन् ।


प्रकाशित मिति: २२ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?