काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यसअघि बानेश्वर-तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लागू गरिएकोमा पछि त्यसलाई थप क्षेत्रमा विस्तार गरिएको छ । प्रशासनका अनुसार राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार आसपासमा पनि कर्फ्यु जारी गरिएको छ।
काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति नकारात्मक दृष्टिकोण राखेको भनि आशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । सोमवार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दक्षिण एसियामै उत्कृष्ट मिडियाको अवस्था भएको मुलुक नेपाल भएको दाबी गरेका छन् । उनले नेपाली काँग्रेस पार्टी लोकतन्त्र र जनताको
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपालमा काम गर्ने जुनसुकै संस्थाले नेपालको प्रचलित कानून मान्नुपर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आईतवार बसेको बैठकमा सामाजिक सञ्जाल प्रतिवन्धको कुरा उठेपछि उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाललाई नेपालमा सूचिकरण हुन मात्रै सरकारले अनुरोध गरेको उल्लेख गरे
काठमाडौँ। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिवन्धको विरोधमा जेन–जी पुस्ताले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरुद्धमा जेन–जी पुस्ताले प्रदर्शन गरेको हो । भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको उनीहरुको भनाइ
काठमाडौँ। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्ने महान्यायाधिवक्ताको टिप्पणी गलत भएको स्पष्ट पारेकी छिन् । महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो स्पष्टिकरण दिएकी हुन् । उनले संविधान र सर्वोच्चको व्याख्याको कारण
काठमाडौँ। महान्यायाधिवक्ता रमेश वडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गरेका छन् । महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै वडालले यस्तो टिप्पणी गरेका हुन् । सर्वोच्चको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै पदमा पुरुष पुगेको उनको भनाइ
काठमाडौँ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकरण नभएका सामाजिक सञ्जालहरु निष्क्रिय पारेको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले प्रदर्शन गरेका छन् । आईतवार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमा नियन्त्रण लाद्न खोज्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको भन्दै निर्णय फिर्ता लिन उनीहरुको
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आईतवार पार्टी नेताहरुले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार
काठमाडौँ। आज निजामति कर्मचारी सेवा दिवस । संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा निजामति कर्मचारीहरुका कारण काममा ढिलासुस्ती हुने गरेको गुनासो आम नागरिकको छ । आम नागरिकको बुझाईमा सहज सेवा अझै पनि पुग्न र निजामति प्रशासनले दिन सकेको छैन । स्थायी सरकारको रुपमा
काठमाडौँ। मिटर ब्याजपीडित फेरि आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि मिटर ब्याजविरुद्ध संघर्ष समितिको अगुवाईमा उनीहरु आन्दोलित भएका हुन् । आईतवार उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् । जाली तमसुक खारेज गरी मिटर ब्याज साहुलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । मिटिर ब्याज तिर्न