Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस


सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै व्रह्माजीले कालगणना शुरु गर्नुभएको स्मरणमा बिहीवार ज्योतिष दिवस मनाइएको छ । चैत्र शुक्ल प्रतिपदाका दिन काल अर्थात समय गणना शुरु भएको विषय व्रह्मपुराणमा उल्लेख भएअनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलगायत ज्योतिषसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले एक कार्यक्रमका बीच दिवस मनाएका हुन् । ज्योतिष दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ज्योतिष परिषद्का अध्यक्ष केशवप्रसाद धितालले पञ्चाङ्ग निर्माण भएपनि त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले पञ्चाङ्ग प्रकाशन मात्र नभई त्यसको व्यवहारिक प्रयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यसका लागि परिषद्ले देशव्यापी पहल गरिरहेको दाबी पनि गर्नुभयो । अध्यक्ष धितालले पञ्चाङ्गसम्बन्धी देखिएका विवादले कार्यान्वयनमा समस्या सिर्जना गर्ने भएकाले यस्ता विषय समाधानतर्फ विद्वत वर्गको ध्यान जानुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, ‘ पञ्चाङ्ग निर्माण भयो तर कार्यान्वयन गर्न सकिएन भन्ने कुरा मुख्यतः उठिरहेको छ । यही कार्यान्वयन हुनुपर्छ भनेर हामी संस्थाहरु ला गिपरेका छौँ । परिषद् यसैको लागि गाउँ गाउँ गएर कुर्लिरहेको छ । त्यसकारण पञ्चाङ्ग प्रकाशन गर्ने पाटो एउटा भयो भने त्यसको कार्यान्वयन गराउने कुरा महत्वपूर्ण हुन्छ । त्यसकारण त्यसको प्रभावकारी कार्यान्वयन गराउनको लागि हामी निरन्तर लागिराखेका छौँ । त्यस्तै पञ्चाङ्गमै विवादहरु रह्यो भने त्यसको कार्यान्वयन गराउन म गाह्रो हुन्छ । त्यसैले यस्ता विवादहरुको समाधान गराउनको लागि तपाइ विद्वानहरुको ध्यान जान्छ भन्ने विश्वास गराउँदछु ।’ ज्योतिष क्षेत्रको संस्थागत सुदृढीकरण र पञ्चाङ्गको एकरूपता कार्यान्वयन आवश्यक रहेको उहाँको जिकिर छ ।

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै व्रह्माजीले कालगणना शुरु गर्नुभएको स्मरणमा बिहीवार ज्योतिष दिवस मनाइएको छ ।

चैत्र शुक्ल प्रतिपदाका दिन काल अर्थात समय गणना शुरु भएको विषय व्रह्मपुराणमा उल्लेख भएअनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलगायत ज्योतिषसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले एक कार्यक्रमका बीच दिवस मनाएका हुन् । ज्योतिष दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ज्योतिष परिषद्का अध्यक्ष केशवप्रसाद धितालले पञ्चाङ्ग निर्माण भएपनि त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले पञ्चाङ्ग प्रकाशन मात्र नभई त्यसको व्यवहारिक प्रयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यसका लागि परिषद्ले देशव्यापी पहल गरिरहेको दाबी पनि गर्नुभयो । अध्यक्ष धितालले पञ्चाङ्गसम्बन्धी देखिएका विवादले कार्यान्वयनमा समस्या सिर्जना गर्ने भएकाले यस्ता विषय समाधानतर्फ विद्वत वर्गको ध्यान जानुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘ पञ्चाङ्ग निर्माण भयो तर कार्यान्वयन गर्न सकिएन भन्ने कुरा मुख्यतः उठिरहेको छ । यही कार्यान्वयन हुनुपर्छ भनेर हामी संस्थाहरु ला गिपरेका छौँ । परिषद् यसैको लागि गाउँ गाउँ गएर कुर्लिरहेको छ । त्यसकारण पञ्चाङ्ग प्रकाशन गर्ने पाटो एउटा भयो भने त्यसको कार्यान्वयन गराउने कुरा महत्वपूर्ण हुन्छ । त्यसकारण त्यसको प्रभावकारी कार्यान्वयन गराउनको लागि हामी निरन्तर लागिराखेका छौँ । त्यस्तै पञ्चाङ्गमै विवादहरु रह्यो भने त्यसको कार्यान्वयन गराउन म गाह्रो हुन्छ । त्यसैले यस्ता विवादहरुको समाधान गराउनको लागि तपाइ विद्वानहरुको ध्यान जान्छ भन्ने विश्वास गराउँदछु ।’

ज्योतिष क्षेत्रको संस्थागत सुदृढीकरण र पञ्चाङ्गको एकरूपता कार्यान्वयन आवश्यक रहेको उहाँको जिकिर छ ।


प्रकाशित मिति: ५ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?