Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश


राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मत परिणामसहितको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।

बिहीवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको हो । समारोहमा निर्वाचन आयोगका आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको पनि उपस्थिति रहेको थियो । त्यसैगरी आयोगका सचिव कृष्णबहादुर राउत लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो । प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग र संवद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेसँगै अब नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।


प्रकाशित मिति: ५ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?