Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

मुख्य समाचार


मुख्यमन्त्री लामालाई बागमतीको संसदीय दलले बुझायो ध्यानाकर्षण पत्र

मकवानपुर । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशको संसदीय दलका प्रतिनिधिले सरकारले जनता केन्द्रित कार्य सम्पादन गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । आज मुख्यमन्त्री कार्यालय हेटौँडामा ज्ञापन पत्र बुझाउँदै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकार गठन भएको एकसय दिन पुगिसकेको भन्दै प्रदेशको समग्र विकासमा

कोप–२९ : राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने

अजरबैजान । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा बाकुमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन्। ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ । कोप शिखर सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त

बाकुको आह्वान : कार्वन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ

बाकु (अजरबैजान) । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ । बाकुमा जारी शिखर सम्मेलन, कोप–२९ मा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमान र हरित ग्यास उत्सर्जन रोक्नका लागि विश्व समुदायको

कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । कुलेखानी जलविद्युत केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि ऊर्जामन्त्री खड्काले गत असोज २२

आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्छ: महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताए। उनले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने बताए। उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि

दीपक मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै आज बिहानै काठमाडौँको सानो भर्‍याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट सिआइबीको टोलीले पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।

‘तराई-मधेश एकीकृत प्राधिकरण स्थापना आवश्यक’

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुई दिने तराई-मधेश राष्ट्रिय सम्मेलनले ‘तराई-मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तराई-मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्न उक्त प्राधिकरण स्थापना आवश्यक रहेको राप्रपाको ठहर छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज आयोजित पत्रकार सम्मेलनमा तराई-मधेशका २१

दीपक मनाङेलाई सिआइबी कार्यालयमा ल्याइयो

काठमाडौँ । गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई आज बिहानै काठमाडौँको सानो भर्‍याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट सिआइबीको टोलीले पक्राउ गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा ल्याइ पुर्‍याइएको छ । सांसद दीपक मनाङेलाई कानुनी प्रक्रिया अनुसार आज मंगलबार नै काठमाडौँ जिल्ला अदालतमा पेश गर्ने तयारी सिआइबीले गरेको छ। मनाङे ज्यान मार्ने

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

सिमकोट । हुम्लाका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो । रोजगारी तथा शिक्षाका लागि जिल्ला बाहिर रहेका नागरिक दसैँ, तिहार मनाएर आफ्नो गन्तव्यमा जान सिमकोट विमानस्थल

निर्वाचन आयोगले तोक्यो उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ । आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत पदमा र छ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिएको छ । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/11/निर्वाचन-अधिकृत-नियुक्ति-प्रेस-विज्ञप्ति.pdf"]

सम्वन्धित समाचारहरु