Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छः महासचिव पोखरेल


काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउनसक्ने बताएका छन् ।

बिहीवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै महासचिव शंकर पोखरेलले देश साना राजनीतिक दलहरु नभइ बलिया राजनीतिक दलहरुले मात्रै बनाउनसक्ने भएकाले सोहीअनुरुप जनमतलाई धु्रविकृत गर्न जरुरी रहेको उल्लेख गरेका छन् । उनले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताउदै देशको कुनैपनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो नेकपा एमालेसँग मात्रै रहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘यो मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । कुनैपनि देशको विकासका सन्दर्भका बारेमा एक प्रकारले भन्दा तीन वटा मान्यताहरु राष्ट्र निर्माणका सन्दर्भमा अपरिहार्य हुन्छ । भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी । दृष्टिकोणयुक्त नेतृत्वको प्रश्नमा नेकपा एमालेसँग कसैले प्रतिष्पर्धा गर्न सक्दैन । नेकपा एमाले जस्तो बलियो पार्टी अरु कसैको छैन । यो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व दिन सकेन भने अरु कुन पार्टीले दिनसक्छ ? त्यसअर्थमा मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको छ । त्यो राजनीतिक स्थायित्व कसैले दिनसक्छ भने त्यो नेकपा एमाले पार्टीले मात्रै दिनसक्छ । देश बनाउने हो भने सानातिना पार्टीमा अल्मलिने होइन, बलिया पार्टीतर्फ जनमतलाई धु्रविकृत गर्न जरुरी छ ।’

महासचिव पोखरेलले स्ववियु चुनावबाट देशभक्तिका पक्षमा, विकास र समृद्धि, सामाजिक न्यायका पक्षमा उभिने युवाहरुलाई अनेरास्ववियुको झण्डामुनि उभ्याउने कामको नेतृत्व गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?