Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

पृथ्वी जयन्ती मनाउन ठुला दलका नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौँ भन्दै सौदाबाजी गर्नुपर्ने अवस्था छ


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती मनाउन शिर्ष राजनीतिक दलहरुसँग सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले प्रमुख राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौं तर पृथ्वीजयन्ती मनाउनुपर्छ भनेर सौदाबाजी गर्नुपर्ने अवस्था आएको बताए ।

उनले क्यालेण्डरमा लेखाइएको भएपनि सरकारले पृथ्वी जयन्तीका अवसरमा एउटा सार्वजनिक गर्ने हिम्मत समेत गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले मुलुकको एकीकरण गर्ने महान व्यक्तिको जन्मजयन्ती मनाउन हिनतावोध गर्ने व्यक्तिबाट मुलुकको संरक्षण नहुने बताएका छन् ।

उनले पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरेको भए कुन देशको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बन्थे ? भन्दै प्रश्न गरे । पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रुपमा मान्ने कुरामा कुनै हिनतावोध गर्न नुहने उनका भनाइ छ ।

अध्यक्ष लिङदेनले भने , ‘उहाँले भन्नुभयो, ‘हामीले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रुपमा मान्ने कुरामा कुनै हिनतावोध गर्नु हुँदैन । यो देशका मगर, गुरुङ, लिम्बूदेखि सबै जातजातीको योगदान रहेको छ । हाम्रो त्यस बेलाको लिम्बुवान, किराँत राज्य नेपाल एकीकरणमा समावेश नभएको भए अहिले त्यहाँ लिम्बुको छुट्टै राज्य भइराख्थ्यो त ? हामी त्यहाँको राजा भइरहन्थ्यौं त ? यसरि जुन प्रकारले एकीकरणमाथि प्रश्न उठाउने कामहरु भइरहेको छ यसबाट सबै समुदाय सचेत रहनुपर्दछ । होसियार रहनुपर्छ र त्यसको प्रतिवाद गर्नुपर्छ । अहिले नेपाल भन्ने देश नभएको भए आज जुम्लाको ज्ञानेन्द्र शाही र राजेन्द्र लिङदेन कसरी जोडिन्थ्यौं होला ? रामचन्द्र पौडेल कुन देशको राष्ट्रपति हुनुहुन्थ्यो होला । केपी शर्मा ओली कुन देशको प्रधानमन्त्री हुनुहुन्थ्यो होला ? शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो । छैटौं र सातौं पटक कुन देशको प्रधानमन्त्री हुन्छु भनेर प्रखेर बसिरहनुभएको हुन्थ्यो होला ? तर उहाँहरु नै पृथ्वी जयन्ती मनाउनका लागि हामीले तपाईलाई प्रधानमन्त्री बनाइदिन्छौं तर पृथ्वीजयन्ती मनाउनुपर्छ भनेर सौदाबाजी गर्नुपर्ने अवस्था छ । क्यालेण्डरमा त लेख्न लगाइयो तर आज सरकारले पृथ्वी जयन्तीका अवसरमा एउटा सार्वजनिक कार्यक्रम राख्ने हिम्मतसम्म गर्दैन । यस्तो हिनतावोधबाध गर्ने व्यक्तिहरुबाट देशको संरक्षण कसरि हुनसक्छ । कहाँ छ त्यो संस्कृती मन्त्रालय, कहाँ छ प्रज्ञा प्रतिष्ठान ? पृथ्वीनारायण शाह नभएको भए कहाँका प्राज्ञ बन्थे ? कहाँका मन्त्री बन्थे ? यस्ता मान्छेहरुलाई देशको जिम्मेवारी दिएर देशको भविष्य सुरक्षित छैन । पृथ्वीनारायण शाहको नेपालको भविष्यको सुरक्षा छैन ।’

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइँदै आएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?