Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुँदै


काठमाडौँ । काठमाडौंमा आगामी शनिवारदेखि प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुने भएको छ ।

नेपाल जितकुण्डो मार्सल आट्र्स संघको आयोजनामा पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुन लागेको हो । दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । जितकुण्डो मार्सल आट्र्स संघले काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै दक्षिण एशियामा पहिलोपल्ट हुन लागेको एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिताबारे जानकारी दिए ।

यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी कुल ७० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले ब्रुस ली खेल र शिद्धान्तबाट शुरु भएको यस खेललाई नेपालमा विकास गर्न अन्तर्राष्ट्रिय प्रतियोगिता आवश्यक रहेकाले दक्षिण एशियाली च्याम्पियनसिप गरिएको बताए ।

प्रतियोगितामा पुरुषमा पाँच र महिलामा गुई गरी ७ स्पर्धामा प्रतिष्पर्धा गर्नेछन् । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ। महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुनेछ ।

हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए । स्वर्ण विजेतालाई ४१ हजार र अन्य पदक विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ । कुल पुरस्कार राशि तीन लाख ५० हजार रुपैयाँ रहेको छ ।

नेपालबाट हरेक तौलसमूहमा तीन खेलाडीको प्रतिष्पर्धा रहने भएका छन् । प्रतियोगितामा टोखा नगरपालिकाको मुख्य प्रायोजन छ । प्रतियोगिता सञ्चालन गर्न अनुमानित २२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ। यस प्रतियोगितालाई लक्षित गरी नवौं टेडवाङ जितकुण्डो सेमिनार बिहीवारदेखि बत्तीस पुतलीमा शुरु भएका छन् ।

दुईदिने सेमिनारको पहिलो दिन खेलाडी र प्रशिक्षक सहभागी छन् । दोस्रो दिन शुक्रवार रेफ्री सेमिनार हुनेछ । मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले सेमिनारमा प्रशिक्षण दिनेछन् ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?