Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुँदै


काठमाडौँ । काठमाडौंमा आगामी शनिवारदेखि प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुने भएको छ ।

नेपाल जितकुण्डो मार्सल आट्र्स संघको आयोजनामा पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुन लागेको हो । दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । जितकुण्डो मार्सल आट्र्स संघले काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै दक्षिण एशियामा पहिलोपल्ट हुन लागेको एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिताबारे जानकारी दिए ।

यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी कुल ७० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले ब्रुस ली खेल र शिद्धान्तबाट शुरु भएको यस खेललाई नेपालमा विकास गर्न अन्तर्राष्ट्रिय प्रतियोगिता आवश्यक रहेकाले दक्षिण एशियाली च्याम्पियनसिप गरिएको बताए ।

प्रतियोगितामा पुरुषमा पाँच र महिलामा गुई गरी ७ स्पर्धामा प्रतिष्पर्धा गर्नेछन् । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ। महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुनेछ ।

हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए । स्वर्ण विजेतालाई ४१ हजार र अन्य पदक विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ । कुल पुरस्कार राशि तीन लाख ५० हजार रुपैयाँ रहेको छ ।

नेपालबाट हरेक तौलसमूहमा तीन खेलाडीको प्रतिष्पर्धा रहने भएका छन् । प्रतियोगितामा टोखा नगरपालिकाको मुख्य प्रायोजन छ । प्रतियोगिता सञ्चालन गर्न अनुमानित २२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ। यस प्रतियोगितालाई लक्षित गरी नवौं टेडवाङ जितकुण्डो सेमिनार बिहीवारदेखि बत्तीस पुतलीमा शुरु भएका छन् ।

दुईदिने सेमिनारको पहिलो दिन खेलाडी र प्रशिक्षक सहभागी छन् । दोस्रो दिन शुक्रवार रेफ्री सेमिनार हुनेछ । मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले सेमिनारमा प्रशिक्षण दिनेछन् ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?