काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ८७ सालमा संविधान संशोधन हुन्छ भनेर दिएको अभिव्यक्तिपछि दुई नेताबिच भेटवार्ता भएको हो ।भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चा लगायतमा छलफल केन्द्रित भएको छ ।
प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार