Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मुख्य समाचार


कम्पनी, उद्योग नविकरण गर्ने प्रचलन हटाऔंः गोकर्ण अवस्थी

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक (डिजी) गोकर्ण अवस्थीले नेपालमा लगानी बढ्न नसक्नुको मुख्य कारण राजनीति अस्थिरता रहेको बताएका छन् । आफूहरुले गरेको सर्वेक्षणमा ८० प्रतिशतले राजनीति अस्थिरताका कारण लगानी नबढेको पाएको बताएका छन् । आइबीएन मिडियाले आईतवार काठमाडौंमा आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै उनले लगानी बढाउन राजनीतिक

दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभाबाट पारित

काठमाडौँ। दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । आईतवारको राष्ट्रिय सभा बैठकमा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’माथि छलफल गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । यसअघि विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले

राज्यमन्त्री गर्बुजाद्वारा शपथग्रहण

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत

अहिले विचौलिया राज छ, पार्टीदेखि आर्थिक संस्थाहरु कब्जामा छन्ः स्वर्णिम वाग्ले

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन जरुरी रहेको बताएका छन् । आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंक–व्यवसायी छुट्याउने पक्षमा रहेको बताउदै अहिले विचौलियाको राज भइरहेको आरोप

प्रधानमन्त्री र मन्त्रीहरुको वैदेशिक भ्रमणबारे संसदीय समिति अनविज्ञ, माधव नेपालले गराए ध्यानाकर्षण

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति जनाएका छन्। आईतवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरुले वैदेशिक भ्रमणबारे पूर्वजानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै आपत्ति जनाएका हुन् । विश्व समुदायमा भइरहेका

स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत

काठमाडौँ। सरकारले स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको हो । मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ्गले आगामी जेठ ६ गतेदेखि ९ गतेसम्म अजरबैजानको बाकुमा आयोजना हुने भ्रष्टाचार विरोधी कानून

केआइआइटी कलेजका लागि एनओसी दिने प्रक्रिया बन्द गरौँ

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको बताउदै त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनिहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको

प्रिसा साह मृत्यु प्रकरणको निष्पक्ष छानविन गरी उचित न्याय दिन सरकारलाई राष्ट्रिय सभाको निर्देशन

काठमाडौँ। राष्ट्रिय सभाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएकी प्रिसा साहको घटनाको निष्पक्ष छानविन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । आईतवारको राष्ट्रिय सभाको बैठकमा आकस्मिक र शुन्य समयमा उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद

पाँच प्रतिशत भन्दा बढीको आर्थिक वृद्धिदर हाँसिल गर्न ऋण लिनैपर्ने बाध्यता छः युवराज खतिवडा

काठमाडौँ। पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आन्तरिक ऋण नलिइकन ५ प्रतिशत भन्दा बढिको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव नरहेको बताएका छन् । आइबिएन मिडियाले आईतवार काठमाडौंमा आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै उनले ऋणको आकार बढेपनि त्यस्तो ऋण नलिइ ६/७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः यत्तिले पुगेन, अपराध अनुसन्धानको दायरा नयाँ किसिमले अघि बढाउनूस्

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ आयामहरु थपिएको भन्दै नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा बिस्तार गर्न निर्देशन दिएका छन् । आईतवार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अपराध अनुसन्धानको दायरा बिस्तार गर्न निर्देशन दिंदै नेपाल प्रहरीले अहिले गरिरहेको अपराध अनुसन्धानले मात्रै नपुग्ने भन्दै अझै अनुसन्धानको

सम्वन्धित समाचारहरु