Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

विविधता हाम्रो सम्पती हो, यसलाई गोलवद्ध गर्नसके देशको हित हुन्छः पर्यटनमन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक विविधता राष्ट्रको पहिचान तथा शक्तिको स्रोत भएको स्पष्ट पारेका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो स्पष्ट पारे । उनले प्रत्येक भाषा र समुदायले आफ्नै साहित्य, कला र दर्शन बोकेको उल्लेख गरे । उनले विविधतालाई सशक्त रूपमा प्रवद्र्धन गर्न सकिएमा त्यसबाट देशकै हित हुने बताएका छन् । मन्त्री पाण्डेले विविधतालाई सङ्गठित गर्दै गोलवद्ध गर्न सकेमा नेपालले आफ्नो मौलिक पहिचान सुरक्षित गर्न सक्ने र समावेशी राष्ट्र निर्माणमा थप बल पुग्ने धारणा राखे । उनले विविधतालाई प्रवद्र्धन गर्न आगामी दिनमा थप प्रभावकारी कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “प्रत्येक भाषाले आफ्नै साहित्य बोकेको हुन्छ । आफ्नै दर्शन, आफ्नै कला बोकेका हुन्छ र प्रत्येक भाषामा एउटा एउटा शक्ति, एउटा एउटा पहिचान र विशेषता हुन्छ । समुदायको पनि त्यस्तै हुन्छ, जातीको पनि त्यस्तै हुन्छ । त्यो दृष्टिकोणले बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक विविधतापूर्ण नेपालमा विविधतालाई प्रवद्र्धन गर्न सकियो भने, विविधतालाई सङ्गठित गरेर गोलबद्ध गर्न सकियो भने यसबाट नै देशको विविधताको हित हुन्छ । हाम्रो आफ्नो पहिचानको हित हुन्छ भन्नेमा सरकार स्पष्ट छ । त्यसका निम्ति आगामी दिनमा थप प्रभावकारी कार्यक्रम बनाउँछौँ ।”

उनले मातृभाषाहरूको विकास तथा भाषाहरूको संरक्षण र विकासको लागि संविधानको धारा २८७ मा भाषा आयोगको व्यवस्था गरिएको बताए । उनले भाषा आयोगले नेपालमा रहेका भाषाहरूको खोज, अध्ययन, अनुसन्धान, संरक्षण, संवद्र्धन र विकासका कामहरू गरिरहेको जिकिर गरे ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?