Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको छः महानिर्देशक तिवारी


काठमाडौँ। पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको बताएका छन् ।

ललितपुरमा बिहीवार क्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पहिला पनि एकीकृत कृषि प्रणाली रहेको र पछि हट्दै गएको भन्दै उनले केही समय यता पुनः एकीकृत कृषि प्रणालीको महत्व बढ्न थालेको बताए । उनले ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? भन्ने कुरा महत्वपूर्ण रहेको पनि बताए ।

उनले भने, ‘एकीकृत कृषि प्रणालीको महत्व बढेको छ । रासयनिक मलले जमिनलाई बिगार्ने र दोस्रो पर्याप्त र महंगो हुन्छ । ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? घटाउने कुरामा हामीले गरेको अभ्यास महत्वपूर्ण हुन्छ । नेपाल सरकार, नेपाल सरकारका आयोजनाहरु र सरकारले गर्न खोजेको काम पनि त्यही छ ।’

उनले पशुपालन क्षेत्र नेपालको जीविकोपार्जनका लागि महत्वपूर्ण क्षेत्र बनेको बताए । कृषिजन्य चिजको उचित मूल्य पाउने गरी आवशयक योजना बनाउन जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?