Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको छः महानिर्देशक तिवारी


काठमाडौँ। पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको बताएका छन् ।

ललितपुरमा बिहीवार क्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पहिला पनि एकीकृत कृषि प्रणाली रहेको र पछि हट्दै गएको भन्दै उनले केही समय यता पुनः एकीकृत कृषि प्रणालीको महत्व बढ्न थालेको बताए । उनले ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? भन्ने कुरा महत्वपूर्ण रहेको पनि बताए ।

उनले भने, ‘एकीकृत कृषि प्रणालीको महत्व बढेको छ । रासयनिक मलले जमिनलाई बिगार्ने र दोस्रो पर्याप्त र महंगो हुन्छ । ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? घटाउने कुरामा हामीले गरेको अभ्यास महत्वपूर्ण हुन्छ । नेपाल सरकार, नेपाल सरकारका आयोजनाहरु र सरकारले गर्न खोजेको काम पनि त्यही छ ।’

उनले पशुपालन क्षेत्र नेपालको जीविकोपार्जनका लागि महत्वपूर्ण क्षेत्र बनेको बताए । कृषिजन्य चिजको उचित मूल्य पाउने गरी आवशयक योजना बनाउन जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?