Trending
>>   गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै ! >>   न्याय मरेको छैन भन्थे हो रहेछ ! >>   रास्वपालाई खुला पत्र >>   एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैनः गृहमन्त्री >>   सल्लाह गरेरै सरकारले अध्यादेश ल्याएको हो: कांग्रेस >>   कांग्रेसका मन्त्रीहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन ! >>   मौसम :यी चार प्रदेशमा बर्षाको सम्भावना >>   सरकारलाई निर्माण व्यवसायी महासंघको माघ १५ को अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने >>   आयल निगमको धनगढी डिपो कैलालीको गोदावरीमा स्थानान्तरण गरिँदै >>   जाजरकोट भूकम्पको क्षतिको विस्तृत आँकलन (डिडिए) माघभित्र गरिसक्ने : गृहमन्त्री लेखक
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

मुख्य समाचार


सांसदको भूमिका प्रभावकारी हुन सकेनः नेतृ राई

काठमाडौं। हामीकहाँ संसदीय अभ्यासको सस्थागत विकास भइसकेको छैन । नयाँ विषय सदनमा प्रवेश गर्‍यो भने प्रमुख प्रतिपक्षी दलले सदन चल्न नदिने परिपाटी पछिल्लो समय विकसित हुन थालेको छ । यसले गर्दा सदनमा आएका जनसरोकारका विषयलाई चाँडो सम्बोधन गर्न कठिन भइरहेको छ । एक वर्षका अभ्यासमा यो धेरै चल्यो सोही कारण

प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिएका छन् । उक्त बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन समेत निर्देशन दिएका छन् । बुधबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य मन्त्रीहरू, मुख्यसचिव

भूकम्पपछिको पुर्ननिमाणका लागि २५ बुँदे सुझाव (पत्र सहित)

काठमाडौँ । जाजरकोट भूकम्पपछिको पछिको पुर्ननिमाण तथा अन्य क्षेत्रमा प्रतिरोधी प्रलवीकरणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव पेश गरिएको छ । गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएका

‘फार्म टु प्लेट’को अवधारणामा अघि बढ्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नवाली तथा अर्गानिक खाद्य बस्तुहरू सिधै तारे होटलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गर्नुभएको छ । होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन शुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलबार आयोजित

इलाम-२ मा रास्वपाले खोज्यो स्थानीय उम्मेदवार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचनमा स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउने भएको छ । उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुँदैछ । उम्मेदवार छनोटमा स्थानीय व्यक्तिलाई प्राथमिकता दिने महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् । यसअघि भएको उपनिर्वाचनमा रास्वपाले स्थानीय उम्मेदवार बनाएको थिएन

जनमतले बुझायो अर्थ र उद्योग मन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं। जनमत पार्टीले सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरू सञ्चालन गरी रोजगारीको सृजना गर्न माग गर्दै अर्थमन्त्री डा. प्रकाशरण महत र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र बुझाएको छ । जनमत पार्टीका उपाध्यक्ष दीपक साहका नेतृत्वमा गएको एक टोलीले सो ज्ञापन पत्र बुझाएको हो । सरकारी स्वामित्वका

एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं। नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले आज शपथ लिएका छन् । गत पुस २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो । मनोनीत केन्द्रीय सदस्यहरूलाई मंगलबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा शपथ गराएको एमाले केन्द्रीय

चालू आर्थिक वर्षको पुसमा सबैभन्दा बढी घरजग्गा कारोबार

काठमाडौं। चालू आर्थिक वर्षमा सबैभन्दा बढी घरजग्गा कारोबार पुस महिनामा भएको छ । चालू आर्थिक वर्षको पुस महिनामा यस वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । त्यस्तै, मङ्सिरमा ४१ हजार ८५१ वटा घरजग्गा कारोबार भएको थियो । जसबापत सरकारले २ अर्ब ८६ करोड

पूर्वराजा शाहद्वारा शिवनगर महादेव मन्दिरमा पूजा आजा

रौतहट। पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलवार रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन् । उनी दिउँसो निर्धारित समय भन्दा करिब १ घण्टा ढिलो पुगेका पूर्व राजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। उनले मन्दिरमा पूजा गर्ने क्रममा समर्थकहरूले राजाआउ देश बचाउ भनेर नारा लगाएका थिए भने पूर्व राजा ज्ञानेन्द्र

मुख्यमन्त्री पाण्डेलाई बागलुङको कोसेली – चोयाको डालीमा भाँगो र गुन्द्रुक

बलेवा,बागलुङ। पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ । स्थानीयस्तरमा विभिन्न अवसरमा आयोजना गरिने यस्ता मेला–महोत्सवमा सहरबजारका सामग्री राख्ने विगतको परम्परा अहिले आएर भने परिवर्तन भएको हो । त्यस्तै, गत महिना बागलुङबजारमा आयोजना गरिएको बागलुङ महोत्सवमा पनि यहाँका स्थानीयका साथै महोत्सवमा किनमेल गर्न अन्य

सम्वन्धित समाचारहरु