Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत


काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्यलाई महासचिव चयन गरेको छ ।

मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनले किर वैद्यलाई सर्वसम्मतिले महासचिवका रुपमा चयन गरेका छन्  । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले महाधिवेशनबाट संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, पूर्ण केन्द्रिय समिति ११७ जनाको, ९५ जनाको वैकल्पिक केन्द्रिय सदस्य राख्ने, केन्द्रिय परिषद् समेत बनाउने निर्णय गरेको जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका नेता सिपी गजुरेलले बेल्ड एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत सहायता मात्रै लिने भनेर नेपाली काँग्रेसले राष्ट्रवादी देशभक्त देखिन खोजेको आरोप लगाए ।  उनले  बिआरआईबाट नेपालले भविष्यमा धेरै आर्थिक फाइदा लिनसक्ने भएकाले आफ्नो पार्टीले बिरोध नगर्ने बताए  ।

उनले  भने, ‘अहिले काँग्रेसले बडो राष्ट्रवादी देशभक्त देखिनको लागि के गरिरहेको छ भने यो बिआरआई बनाउन दिने, तर के गर्ने भने ऋणमा होइन, सहायतामा दिनुपर्छ भनेर शर्त राखिदिएको छ । नाफा कमाउनका निम्ति चीनले त्यो गरिरहेको छ । यतातिर काँग्रेसले ऋण लिनेकुरा हुँदैन, पूरै सहायतामा बनाउनुपर्छ भनिरहेको छ । त्यसमा विवाद निस्किएको छ । त्यो त चीन र नेपालले टुंग्याउने कुरा हो । हामीले यो हुनुपर्छ भन्नेकुरा भएन । तर हामीले अहिले नै बिआरआईको बिरोध गरिहाल्नुपर्ने अवस्था देखेका छैनौँ । भविष्यमा हामीले गर्नसक्ने हो भने त्यसबाट नेपाललाई अर्थिक फाइदा हुनसक्ने सम्भावना भएकाले बिआरआईमा हामीले बिरोध गरेका छैनौँ ।’

पार्टीले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुलाई लिई पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवं संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने निर्णय गरेका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?