Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत


काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्यलाई महासचिव चयन गरेको छ ।

मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनले किर वैद्यलाई सर्वसम्मतिले महासचिवका रुपमा चयन गरेका छन्  । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले महाधिवेशनबाट संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, पूर्ण केन्द्रिय समिति ११७ जनाको, ९५ जनाको वैकल्पिक केन्द्रिय सदस्य राख्ने, केन्द्रिय परिषद् समेत बनाउने निर्णय गरेको जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका नेता सिपी गजुरेलले बेल्ड एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत सहायता मात्रै लिने भनेर नेपाली काँग्रेसले राष्ट्रवादी देशभक्त देखिन खोजेको आरोप लगाए ।  उनले  बिआरआईबाट नेपालले भविष्यमा धेरै आर्थिक फाइदा लिनसक्ने भएकाले आफ्नो पार्टीले बिरोध नगर्ने बताए  ।

उनले  भने, ‘अहिले काँग्रेसले बडो राष्ट्रवादी देशभक्त देखिनको लागि के गरिरहेको छ भने यो बिआरआई बनाउन दिने, तर के गर्ने भने ऋणमा होइन, सहायतामा दिनुपर्छ भनेर शर्त राखिदिएको छ । नाफा कमाउनका निम्ति चीनले त्यो गरिरहेको छ । यतातिर काँग्रेसले ऋण लिनेकुरा हुँदैन, पूरै सहायतामा बनाउनुपर्छ भनिरहेको छ । त्यसमा विवाद निस्किएको छ । त्यो त चीन र नेपालले टुंग्याउने कुरा हो । हामीले यो हुनुपर्छ भन्नेकुरा भएन । तर हामीले अहिले नै बिआरआईको बिरोध गरिहाल्नुपर्ने अवस्था देखेका छैनौँ । भविष्यमा हामीले गर्नसक्ने हो भने त्यसबाट नेपाललाई अर्थिक फाइदा हुनसक्ने सम्भावना भएकाले बिआरआईमा हामीले बिरोध गरेका छैनौँ ।’

पार्टीले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुलाई लिई पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवं संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने निर्णय गरेका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?