Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जग्गा तथा आवास विकास महासंघको तस्रो महासभा मंसिर २८ मा, प्रधानमन्त्रीले उद्घाटन गर्ने


काठमाडौँ । नेपाल  जग्गा तथा आवास विकास महासंघको तस्रो महासभा मंसिर २८ गते काठमाडौंमा हुने भएको छ ।

महासंघको तेस्रो महासभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको महासंघका अध्यक्ष भेषराज लोहनीले जानकारी दिए । अध्यक्ष लोहनीले महासंघको महासभाको तयारी समेत पूरा भएको बताए  ।  उनले  सभाले नयाँ नेतृत्व समेत चयन गर्ने उल्लेख गरे  ।

 उनले  महासभाले विगतदेखि उठाइरहेका घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने विषयका प्रश्तावहरु रहेको बताए ।  उनले  शेयर कारोबारका लागि स्टक मार्केट जस्तै घरजग्गा कारोबारको लागि ल्याण्ड मार्केटको अवधारणा र हाउजिङ ल्याण्डपुलिङ अवधारणाहरु ल्याउनुपर्ने विषयलाई जोड दिएको बताए  । अध्यक्ष लोहनीले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउनको लागि ब्रोकर लाइसेन्सका कुराहरु पनि महासभामा लगिने उल्लेख गरे ।

महासभामा घरजग्गा कारोबार वृद्धिको लागि कित्ताकाट फुकुवा हुनुपर्ने, शहरी विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ प्लानिङको प्रकृया सहज बनाउनुपर्ने विषयहरु उठान हुने बताए ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?