Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रक्तसञ्चार सेवा नवनिर्मित भवन प्रदर्शनीमार्गमा बढे रक्तदाता


काठमाडौँ । प्रदर्शनीमार्गमा बनेको नवनिर्मित भवनमा  नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा शुरु भएको छ ।

२०७२ सालमा गएको महाभूकम्पले रक्त सञ्चार भवनमा क्षति पुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको नेपाल रेडक्रसले अब नयाँ भवन सेवा प्रदान गर्न शुरु गरेको हो । नेपाल रेडक्रसका निर्देशक पवनकुमार गुप्ताकाअनुसार भूकम्पबाट भवन क्षति भएपछि टेण्टमा बसेर सेवा गरेपश्चात बालकुमारीमा अस्थायी रुपमा सेवा दिएको बताए  ।

उनले त्यहाँ पनि ठाउँ नपुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएकोमा अहिले भूकम्पबाट क्षति भएको भवन नयाँ बनेसँगै नयाँ भवनबाट सेवा शुरु गरिएको बताए ।  उनले अहिले रक्त सञ्चार सम्बन्धि सम्पूर्ण गतिविधिहरु प्रदर्शनीमार्गमा बनेको नयाँ भवनबाट भइरहेको बताए  ।

उनले प्रदर्शनीमार्गमा रेडक्रस आउँदा सेवाग्राहीको लागि सुविधा र पायक पर्ने स्थान भएको बताए । उनले  नयाँ भवनमा सेवा सरेसँगै सरकारले तोकेको मापदण्डमा काम गर्न सकिने अवस्था रहेको बताए  । सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउँदा सहज भइरहेको उल्लेख गरे  ।

नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौँमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा शुरु गरेको सेवा अहिले मापदण्ड पूरा गरेर सेवा दिने अवस्थामा आइपुगेको निर्देशक गुप्ताले बताए । उनले   प्रदर्शनी मार्गमा सेवा शुरु भएसँगै रक्त संकलनमा समेत वृद्धि भएको बताए ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?