Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरु नेपालमा लगानी गर्न डराए : महामन्त्री थापा


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेर कमाएको मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरु नेपालमा लगानी गर्न डराइरहको बताएका छन् ।

मंगलवार मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।  उनले  नेपालले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गरिदियोस् भन्ने चाहेर मात्र उनीहरु लगानी गर्न नआउने बताए  । सरकारले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको उनको तर्क थियो ।

रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्र भएको उल्लेख गर्दै उनले त्यसको लागि सरकारले सहज वातावरण सिर्जना गरिदनुपर्ने बताए । नेपालमा एक आर्थिक वर्षमा पाँच लाख मानिसलाई रोजगारी दिनसक्ने गरी निजी क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए  ।

उनले भने , ‘हामी सबैले हाम्रा छोराछोरी यही नेपालमै बसुन् भनेर चाहिरहेका छौं । तर त्यसका लागि हामीले के गरेका छौं ? यसका लागि के गर्ने त अब ?  हामीले पाँच लाख मानिसलाई एक आर्थिक वर्षमा रोजगारी दिनुपर्छ । सिर्जना गर्नुपर्छ । हामी रोजगारीलाई वर्षमा नाप्दैनौं । राजश्व र विकास निर्माणमा जोड्छौं । यसरी हुदैन । रोजगारी सिर्जना सरकारले गर्न सक्दैन । रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो । तर सरकारले त्यसको लागि वातावरण बनाइदिनुपर्छ । रोजगारी सिर्जनाका गर्नको निजी क्षेत्रमा लगानी चाहिन्छ ।  कसैले दया गरेर त लगानी आउँदैन । नीजि क्षेत्रले मुनाफा गर्नुलाई समाजले जहिलेसम्म स्वीकार्दैन तबसम्म रोजगारी सिर्जना हुन सक्दैन । नेपालमा अहिले लगानी गरेर मुनाफा कमाएर बाहिर लग्न खोज्ने तीन कम्पनीहरुलाई सरकारले अवरोध सिर्जना गर्दा उनीहरु र अन्य कम्पनीहरुपनि  नेपलामा लगानी गर्न डराईरहेका छन् । ती कम्पनीहरुको नाम लिन म पनि डराइरहेका छु । हामीलाई फाइदा चाहिएको छ । तर हामीले वातावरण बनाउन सकिरहेका छैनौं ।’

उनले नेपालमा दुई दलीय संयन्त्रमा बनेको सरकारले रोजगारीको मुद्दालाई प्रतिष्पर्धाको विषय बनाउनुपर्ने बताए ।  उनले  सबै राजनीतिक दलहरुले २०८४ को मात्र कुरा गर्ने भन्दै अहिलेको जिम्मा कसले लिने हो ? भन्दै प्रश्न गरे । उनले बाँकी रहेको तीन वर्षमा आफूले पाएको जिम्मेवारी सबै राजनीतिक दलहरुले पूरा गर्नुपर्ने बताए  ।

उनले  भने  , ‘उहाँले अहिलेको सरकार दुई दलीय संयन्त्रमा बसेकको छ । अहिले म यही विषयमा कुरा काम गरिरहेको छु । अहिले जसले पनि २०८४ को कुरा गर्छ । अनि ०८१ को जिम्मा सकले लिने हो ? ०८१, ०८२, ०८३ मा काम गारैं न ०८४ मा पाए गरौंला नपाए नगरौंला । कसै न कसैले त पाउला नि । सरकारमा गएकोले पनि ०८४ भनेको छ नगएकोले पनि ०८४ भनेको छ । अहिले म नेताहरुसँग छलफलमा बस्दाखेरि यिनै विषयहरुमा छलफल गरिरहेको हुन्छु ।’

सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपाली कम्पनीहरुलाई विदेशी मुद्रा सटही गरेर नेपाल बाहिर पनि लगानी गर्न दिनुपर्ने उनको भनाइ छ । उनले सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको लागि बाहिर लगानी गर्न राष्ट्र बैंकले बाटो खोलिदिनुपर्ने बताए । विश्वभर आर्थिक आय बढ्दापनि जनसंख्या घट्दै गएको उल्लेख गर्दै महामन्त्री थापाले अबको २० वर्षपछि नेपाल पनि जापान र कोरियाजस्तै राष्ट्र बन्ने बताए ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?