काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता भएको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वदेशमा उत्पादन र
काठमाडौँ। सांसदहरुले बुबा र आमा दुवैलाई समानताको हक संविधानले सुनिश्चित गरेको भएपनि कानून निर्माणमा सम्बोधन हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । शुक्रवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल सांसदहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले यो विधेयकले विभेदको अन्त्य गर्नेगरी
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन् । शुक्रवार सिंहदरबारकमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक हुने बताए । गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको
काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नागरिकता विधेयक चालु अधिवेशनमै संसदमँ लैजाने तयारी रहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधेयक छिटो पारित गरेर समस्यामा रहेका नेपाली नागरकलाई सहजता प्रदान गर्ने लक्ष्यअनुसार विधेयकमाथि काम गरिरहेको बताए । विधेयकमाथि
एजेन्सी। संयुक्त राष्ट्र संघले बिहीवार २०२४ मा कर्तव्य पालना गर्दा ज्यान गुमाउने १ सय ६८ कर्मचारीहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित वार्षिक स्मृति सभामा भाग लिनुभयो । शान्ति, न्याय र मानवीय मर्यादाको खोजीमा सबैथोक दिनेहरूलाई आफूहरु सम्मान गर्ने
एजेन्सी। गाजा शहरको अल–अहली अरब अस्पतालको आँगनमा इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । इजरायली रक्षा बलले उक्त आक्रमणले उक्त स्थानमा रहेको इस्लामिक जिहादका एक कार्यकर्तालाई लक्षित गरेको बताएको छ । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले अस्पतालको आँगनमा भेला भएका पत्रकारहरूको
काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरुलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारमा गएर भ्रष्टाचार गर्ने र त्यसैले जनतालाई भोज खुवाएर पुनः चुनाव जित्ने र फेरि सरकारमा आएर भ्रष्टाचार गर्ने काम भइरहेको बताए ।
काठमाडौँ। नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सत्ताको राप र तापमा नेताहरुले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताएका छन् । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नीतिगत भएपनि वा नभएपनि कसैले पनि जनता र देश हित विपरित काम गर्न नहुने बताए
काठमाडौँ। प्रतिनिधि सभाको बैठक शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरुको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकमा अवरोध सिर्जना गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराए । ढिलो गरेर शुरु भएको सभाको बिहीवारको बैठकमा विपक्षी
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले उत्पादन र खपतको सन्तुलन हुनेगरी ‘टेक एण्ड पे’ प्रणालीमार्फत विद्युत खरिद सम्झौता (पिपिए) गर्ने नीतिप्रति आपत्ति जनाएका छन् । अगामी आर्थिक वर्षको बजेटमा सार्वजनिक ‘टेक एण्ड पे’ पिपिएको प्रावधानविरुद्ध काठमाडौंमा आयोजित उर्जा उत्पादकहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले आपत्ति जनाएका