Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का


काठमाडौं। ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताएका छन् ।

बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै शुरु गर्नुपर्ने उनको धारणा छ । खान नपुग्ने नागरिकको घरसम्म उर्जामार्फत समृद्धि पुर्याउनको लागि सरकार क्रियाशील रहेको पनि बताए । उनले उर्जा क्षेत्रमा विगतमा भएका कामहरुको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताए । मन्त्री खड्काले विद्युत आयोजनाहरुका अकल्पनीय क्षतिहरु हुने गरेको कारण क्षति न्युनिकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘हामीले भनेको समाजवाद उर्जा क्षेत्रबाटै शुरु गरौं भन्ने मेरो कुरा हो । सबै नागरिकले सहभागि हनुसक्ने गरी उर्जा क्षेत्रलाई अगाडि बढाउन जरुरी छ । हुनेलाई मात्र नभई नहुने नागरिकले पनि यस क्षेत्रमा आवद्ध गरेर समृद्धि खान नपुग्ने घरमा पनि पुगोस्, उर्जा क्षेत्रको विकास त्यहाँ पनि प्रमाणित होस् । त्यो समाजवाद मुलुकले चाहेको हो । त्यसका लागि मन्त्रालय लागेको कुरा लुकेको छैन । विगतका कामको जगमै बसेर परिमार्जन र परिवर्तन गरिएको हो । र अझ बढी आवश्यक छ । विद्वान मान्छेहरुका कुरा सुनेको छु, राजनीतिक क्षेत्रमा बस्ने मान्छेहरुका कुराहरु सुनेको छु । जसले जे भनेपनि उर्जा क्षेत्रको विकासमा ढिलाई गर्नुहुन्न भन्ने मानसिकताबाट काम गर्नुपर्ने आवश्यकता छ । अझैपनि सबै घरमा विद्युत पुर्याउन नसकेको आवश्यकता छ । सबै घरधुरीमा विद्युत पुर्यार सबै चुल्होमा विद्युत पुर्याउने मन छ ।’

मन्त्री खड्काले उर्जा क्षेत्रको विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नभएको उल्लेख गर्दै सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको पनि बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?