Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का


काठमाडौं। ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताएका छन् ।

बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै शुरु गर्नुपर्ने उनको धारणा छ । खान नपुग्ने नागरिकको घरसम्म उर्जामार्फत समृद्धि पुर्याउनको लागि सरकार क्रियाशील रहेको पनि बताए । उनले उर्जा क्षेत्रमा विगतमा भएका कामहरुको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताए । मन्त्री खड्काले विद्युत आयोजनाहरुका अकल्पनीय क्षतिहरु हुने गरेको कारण क्षति न्युनिकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘हामीले भनेको समाजवाद उर्जा क्षेत्रबाटै शुरु गरौं भन्ने मेरो कुरा हो । सबै नागरिकले सहभागि हनुसक्ने गरी उर्जा क्षेत्रलाई अगाडि बढाउन जरुरी छ । हुनेलाई मात्र नभई नहुने नागरिकले पनि यस क्षेत्रमा आवद्ध गरेर समृद्धि खान नपुग्ने घरमा पनि पुगोस्, उर्जा क्षेत्रको विकास त्यहाँ पनि प्रमाणित होस् । त्यो समाजवाद मुलुकले चाहेको हो । त्यसका लागि मन्त्रालय लागेको कुरा लुकेको छैन । विगतका कामको जगमै बसेर परिमार्जन र परिवर्तन गरिएको हो । र अझ बढी आवश्यक छ । विद्वान मान्छेहरुका कुरा सुनेको छु, राजनीतिक क्षेत्रमा बस्ने मान्छेहरुका कुराहरु सुनेको छु । जसले जे भनेपनि उर्जा क्षेत्रको विकासमा ढिलाई गर्नुहुन्न भन्ने मानसिकताबाट काम गर्नुपर्ने आवश्यकता छ । अझैपनि सबै घरमा विद्युत पुर्याउन नसकेको आवश्यकता छ । सबै घरधुरीमा विद्युत पुर्यार सबै चुल्होमा विद्युत पुर्याउने मन छ ।’

मन्त्री खड्काले उर्जा क्षेत्रको विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नभएको उल्लेख गर्दै सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको पनि बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?