Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन


काठमाडौं। उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका छन् ।

औद्योगिक व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उनले यस्तो निर्देशन गरेका हुन् । अहिलेकै जसरी अब पनि संस्था चल्ने कुरा सह्य नहुने बताए । उद्योगमन्त्री भण्डारीले जिडिपिमा उद्योगको योगदान घटेको भन्दै यसलाई वृद्धि गर्न अब प्रभवकारी हिसावले लाग्नुपर्ने बताए । उनले १५ प्रतिशतको हिस्सा ५ प्रतिशतमा झर्नु लाजमर्दो विषय भएको भन्दै अब सरकारले औद्योगिक क्षेत्र बढाएर उद्योगीहरुलाई आमन्त्रण गर्नुपर्ने आजको आवश्यकता रहेको बताए । मन्त्री भण्डारीकाअनुसार अब औद्योगिक पूर्वाधार बनाउनुपर्छ । कुनैपनि उद्योगी व्यवसायीले जग्गामा लगानी गरेर पूर्वाधार बनाउन कठिन छ । छिमेकी मुलुकहरुमा पनि सरकारले नै औद्योगीक पार्क बनाएर उद्योगीहरुलाई उद्योग चलाउन दिर्दै आएको छ, त्यसबाट सिक्नुपर्छ । मन्त्री भण्डारीले राज्यले उद्योगलाई सहज रुपमा औद्योगिक पूर्वाधार दिएपछि उद्योग क्षेत्र स्वतः फस्टाउने बताए । उनका अनुसार एउटा आकर्षक औद्योगिक क्षेत्र बनाएर उद्योगीहरुलाई आउनुस् भनेर आमन्त्रण गर्ने काम अब राज्यले गर्नैपर्छ । त्यसका लागि औद्योगिक व्यवस्थापन लिमिटेड जस्ता निकायहरुले प्रभावकरी हिसावले काम गर्न जरुरी रहेको मन्त्री भण्डारीको भनाई रहेको छ ।

उनले भने– ‘म यही मञ्चबाट निर्देशन दिन्छु । औद्योगिक व्यवस्थापन लिमिटेडलाई अबको एकहप्ता भित्र कार्ययोजना लिएर मन्त्रालयमा आउनुस् । यसरी चल्दैन । सरकारले गर्नुपर्ने के हो ? कुन मन्त्रालयमा के गर्नुपर्या ? हामी गर्न तयार छौं । यो संस्थान यो गतिले चलेर हुँदैन । समय तालिका भित्रै कार्ययोजना लिएर आउनुस् । सरकारले गर्नुपर्ने सबै काम गर्छ । यो संस्थान सुस्ताउनुपर्ने कारण नै छैन । कार्ययोजना बनाएर समय तालिका तय गरेरै अब कार्यान्वयन गर्नुपर्छ । देशमा औद्योगिक लहर सिर्जना गर्नुपर्छ ।’

उनले पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री बन्दा सात वटा प्रदेशमा सात वटा ठूला पूर्वाधार बनाउने निर्णय भएर शिलन्याश भएपनि आज एक दशक पुग्दा समेत शुरु हुन नसक्नु दुर्भाग्य भएको बताए । उनका अनुसार अहिले ती शिलन्याश भएका ठाउँमा प्रक्रियाका नाममा काम शुरु हुन सकेका छैनन् । ती पूर्वाधारहरु बनाएर उद्योग क्षेत्र विस्तार गरि उद्योगको जिडिपिको हिस्सा ५ प्रतिशतबाट २० प्रतिशतमा पुर्याउनुपर्छ । एउटा औद्योगिक क्षेत्र बनाउन १० अर्ब लाग्छ भने अब पीपीपी मोडलमा औद्योगिक पार्क बनाउँदै लैजानुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले संसदबाट पास भएको बजेटलाई कार्यान्वयन गर्ने गरी अघि बढ्न समेत औद्योगिक व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?