Trending
>>   एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा >>   न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन कायमै रहन्छः बार अध्यक्ष घिमिरे >>   संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा >>   रुसको कुस्र्क क्षेत्रमा युक्रेनी मिसाइल आक्रमणः ६ जनाको मृत्यु >>   हंगेरीको औद्योगिक नीति, भविष्य इलेक्ट्रोमोबिलिटीमा छः ओर्बन >>   २०२४ मा जलवायु परिवर्तन प्रभावहरू अत्याधिकः विज्ञहरु >>   कतारले दमास्कसमा १३ वर्षदेखि बन्द रहेको दुतावास पुनः खोल्यो >>   आज २०८१ साल पौष ७ गते आइतबार ,हेर्नुहोस आजको राशिफल >>   जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ,यस्ता छन् लक्षणहरु >>   एनपिएलको उदीयमान विपिन शर्मा, दीपेन्द्रलाई कार
Logo
७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

मुख्य समाचार


विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन : राष्ट्रपति पौडेल

बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई यहाँस्थित हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फारिद तरुव अहमदोभले स्वागत गर्नुभएको थियो । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथि छलफल

काठमाडौँ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदसँग छलफल गरेको छ । समितिको आजको बैठकमा सांसदले भ्रष्टाचारसम्बन्धी विषयको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी प्राप्त अख्तियारको भूमिकालाई बलियो बनाउने प्रावधान ऐनमा समेटिनुपर्नेमा जोड दिएका छन् । संशोधनकर्ता

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित

काठमाडौँ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहमा धरानका ६५७ विद्यार्थीलाई दीक्षित गरेका छन् । प्रतिष्ठानका सन् २०१० देखि २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस

संविधान संशोधनबारे छलफल चलिरहेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा ओलीले भने, ‘संविधान संशोधनका लागि अहिले छलफल चलिरहेको छ। आर्थिक सुधार पनि गर्दैछौं ।’

अमेरिकी सेनाको एक जना रथी मात्र नेपाल आएका हुन् : रक्षामन्त्री राई

काठमाडौं । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेमा सत्यता नरहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपालमा अमेरिकी सेना आएको विषय के हो भनेर भनेर

मंगलबारदेखि २५ सय भाडामा भैरहवा–पोखरा उडान गर्दै यती एयरलाइन्स

काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय ११:४५ बजे हुने उडानको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।

कतार एयरवेजले मंगलबारदेखि भैरहवामा दैनिक उडान गर्ने

काठमाडौँ । कतार एयरवेजले मंगलबार देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक उडान गरी सातामा सातैवटा उडान गर्ने भएको छ। कतार एयरवेजले हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा बैठक जारी छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन र पार्टी संगठनको विषयमा बैठक केन्द्रित हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन्  ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज सवा १२ बजे बस्नेछ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छन् ।

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति यादवलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा, ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी उक्त जिम्मेवारी उपराष्ट्रपति यादवलाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु