Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

२०८२ः आगलागीबाट १०६ र सर्पदंशबाट १०१ जनाको मृत्यु, ३८ जना बेपत्ता


गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्ष २०८२ को वार्षिक विपद् तथ्यांक सार्वजनिक गरेको छ । वैशाख १ देखि चैत ३० गतेसम्मको तथ्यांकअनुसार यस वर्ष नेपालमा विभिन्न ७ हजार ७ सय १६ विपद्का घटनाहरू भएका छन् । जसमा परी ४ सय ९६ जनाले ज्यान गुमाएका छन् । यस वर्ष विपद्का कारण ३८ जना बेपत्ता भएका छन् भने १ हजार ९ सय ९१ जना घाइते भएका छन् । विपद्बाट देशभरका कुल १३ हजार ६ सय ९३ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस वर्ष सबैभन्दा बढी घटना आगलागीका भएका छन् । तथ्यांकअनुसार ३ हजार ७ सय ६८ आगलागीका घटनामा हुँदा १०६ जनाको मृत्यु भएको छ भने ५ सय ७४ जना घाइते भएका छन् । यसैगरी, सर्पदंशका ६ सय २७ घटनामा १ सय १ जनाले ज्यान गुमाएका छन्, जुन मानवीय क्षतिका हिसावले दोस्रो ठूलो कारण बनेको छ । मनसुनजन्य र अन्य विपद्को प्रभाव प्राकृतिक प्रकोपमध्ये पहिरोका कारण ७६ जना र बाढीका कारण ३९ जनाको मृत्यु भएको छ । पहिरोका ६ सय २४ र बाढीका ३ सय २९ घटना यस वर्ष अभिलेख गरिएका छन् । यस्तै, चट्याङका ४ सय २६ घटनामा ४८ जनाको मृत्यु भएको छ भने ३ सय १२ जना घाइते भएका छन् । त्यस्तै जनावर आक्रमणः ५ सय १६ घटना, ५७ मृत्यु, लेक लाग्नुः १३४ घटना, ४१ मृत्यु, भारी वर्षाः ४४९ घटना, ७ मृत्यु, हिउँ पहिरोः ६ घटना, ६ मृत्यु भएको छ । चैत २९ गते बिहान १० बजेदेखि चैत ३० गते बिहान १० बजेसम्मको पछिल्लो २४ घण्टामा मात्रै देशभर २९ वटा विपद्का घटनाहरू भएका छन् । यस अवधिमा लेक लागेर १ जनाको मृत्यु भएको छ भने आगलागी र अन्य घटनामा परी ७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै अनुमानित १५ लाख ९० हजार २ रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । आज चैत ३० गतेको मौसम विवरण अनुसार इलामको बारफल्याङमा सबैभन्दा बढी ७.४ मि.मि. वर्षा मापन गरिएको छ । यस्तै, आजको न्यूनतम तापक्रम मनाङको हुम्देमा –०.६ डिग्री सेल्सियस र अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ३८.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्ष २०८२ को वार्षिक विपद् तथ्यांक सार्वजनिक गरेको छ ।

वैशाख १ देखि चैत ३० गतेसम्मको तथ्यांकअनुसार यस वर्ष नेपालमा विभिन्न ७ हजार ७ सय १६ विपद्का घटनाहरू भएका छन् । जसमा परी ४ सय ९६ जनाले ज्यान गुमाएका छन् । यस वर्ष विपद्का कारण ३८ जना बेपत्ता भएका छन् भने १ हजार ९ सय ९१ जना घाइते भएका छन् । विपद्बाट देशभरका कुल १३ हजार ६ सय ९३ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस वर्ष सबैभन्दा बढी घटना आगलागीका भएका छन् । तथ्यांकअनुसार ३ हजार ७ सय ६८ आगलागीका घटनामा हुँदा १०६ जनाको मृत्यु भएको छ भने ५ सय ७४ जना घाइते भएका छन् । यसैगरी, सर्पदंशका ६ सय २७ घटनामा १ सय १ जनाले ज्यान गुमाएका छन्, जुन मानवीय क्षतिका हिसावले दोस्रो ठूलो कारण बनेको छ ।

मनसुनजन्य र अन्य विपद्को प्रभाव
प्राकृतिक प्रकोपमध्ये पहिरोका कारण ७६ जना र बाढीका कारण ३९ जनाको मृत्यु भएको छ । पहिरोका ६ सय २४ र बाढीका ३ सय २९ घटना यस वर्ष अभिलेख गरिएका छन् । यस्तै, चट्याङका ४ सय २६ घटनामा ४८ जनाको मृत्यु भएको छ भने ३ सय १२ जना घाइते भएका छन् । त्यस्तै जनावर आक्रमणः ५ सय १६ घटना, ५७ मृत्यु, लेक लाग्नुः १३४ घटना, ४१ मृत्यु, भारी वर्षाः ४४९ घटना, ७ मृत्यु, हिउँ पहिरोः ६ घटना, ६ मृत्यु भएको छ ।

चैत २९ गते बिहान १० बजेदेखि चैत ३० गते बिहान १० बजेसम्मको पछिल्लो २४ घण्टामा मात्रै देशभर २९ वटा विपद्का घटनाहरू भएका छन् । यस अवधिमा लेक लागेर १ जनाको मृत्यु भएको छ भने आगलागी र अन्य घटनामा परी ७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै अनुमानित १५ लाख ९० हजार २ रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

आज चैत ३० गतेको मौसम विवरण अनुसार इलामको बारफल्याङमा सबैभन्दा बढी ७.४ मि.मि. वर्षा मापन गरिएको छ । यस्तै, आजको न्यूनतम तापक्रम मनाङको हुम्देमा –०.६ डिग्री सेल्सियस र अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ३८.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।


प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?