Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

एमाले नेता, कार्यकर्तालाई पूर्वराष्ट्रपति भण्डारीको आग्रहः एकतावद्ध भएर अघि बढ्नुहोस्


एमाले नेता, कार्यकर्तालाई पूर्वराष्ट्रपति भण्डारीको आग्रहः एकतावद्ध भएर अघि बढ्नुहोस्

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एकतावद्ध भएर अघि बढन एमाले नेता, कार्यकर्तालाई आग्रह गरेकी छिन् ।

बिहीवार काठमाडौंमा भूमिगत महिला नामक पुस्तकबारे आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रिय एकता, सार्वभौमिता, स्वतन्त्र र लोकतन्त्रमाथिनै प्रश्न उठने अवस्था आएकाले त्यसलाई जोगाउनका लागि पनि सिंगो एमाले पंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने अवस्था आएको तर्क गरिन् । पूर्वराष्ट्रपति भण्डारीले अनुभव नभएका नयाँ पार्टीहरुको उदयले मुलुकमाथि थुप्रै प्रश्नहरु खडा भएकाले पनि त्यसलाई जोगाउनका लागि एमाले नेता, कार्यकर्ताहरुले सक्रियतापूर्वक देश र जनताको पक्षमा गम्भिरतापूर्वक काम गर्नुपर्ने बेला आएको बताइन् । मुलुकमा प्राप्त मौलिक हक, स्वतन्त्रता, लोकतन्त्र नै के हुने हो ? भन्ने प्रश्न उठन थालेकाले त्यो संकटबाट देशलाई जोगाउन एमाले पंक्ति सक्रियतापूर्वक अघि बढ्नुपर्ने बेला आएको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो ।

उनले भनिन्,‘अहिले परिस्थिति बदलिएको छ । खास गरेर सिनियर राजनीतिक दलहरुको बीचमा अहिलेको यो विशेष परिस्थितिको निर्वाचनले, यो परिणामले सोचनीय स्थिति बनाएको छ । यहाँ पनि तपाईहरु आम रुपमा ठूलो पार्टी एमालेसँग सम्बन्धित नेताहरु, कार्यकर्ताहरु हुनुहुन्छ । यस्तो बेलामा अत्यन्तै एकतावद्ध ढंगले अगाडि बढेर अब हाम्रो राष्ट्रिय परिस्थिति पनि कसरी जान्छ ? किनभने नयाँ पात्रहरुको अहिले उदय भएको छ । र नयाँ पनि कस्तो भने अनुभव नभएको, अनुभवी नयाँ पात्र आउनु र अनुभव नभएको नयाँ पात्रहरु आउनुमा फरक हुन्छ । त्यसैले अनुभव नभएको नयाँ पात्रहरुको आगमनले गर्दाखेरी एउटा ठूलो प्रश्न चिन्ह अव के हुने हो ? हाम्रो राष्ट्रिय परिस्थिति के हुने हो ? भन्ने धेरै कुराहरु हाम्रो राष्ट्रिय एकताका कुराहरुमा, हाम्रो स्वाभिमानको कुराहरुमा, हाम्रो सार्वभौमिकताको कुरामा, हाम्रो भालिका जनजीविकाका कुरामा, अरु पनि प्रश्नहरु यहाँ उठिराखेका छ । हामीले प्राप्त गरिराखेको मौलिक हक र स्वतन्त्रताका कुराहरु, लोकतन्त्रको कुरामा के हुने भन्ने एउटा प्रश्न चाहीँ उठिराखेको छ । यस्तो बेलामा यहाँहरुको सक्रियता देशले पनि मागेको छ । र आन्दोलनले पनि मागेको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले विशेष परिस्थितिमा सम्पन्न भएको निर्वाचनले पुराना राजनीतिक दलहरुलाई सोचनीय भएर सावधानीपूर्वक आफ्ना गतिविधि अघि बढाउनुपर्ने अवस्थामा पु¥याएको समेत बताएकी छिन् ।


प्रकाशित मिति: ३ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?