Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेसलाई समर्थन गर्ने रास्वपाको निर्णय


रास्वपाले सांसदलाई १६ हजार ५ सय र मन्त्रीलाई १८ हजार लेबी तोक्यो

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शक्तिशाली सो समितिको सभापतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई समितिको नेतृत्व दिने निर्णय गरिएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । त्यसैगरी बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवारी हरि ढकाललाई बनाउने निर्णय गरेको छ । त्यसैगरी अर्थ समितिको सभापतिको उम्मेदवार कृष्णहरी बुढाथोकीलाई बनाउने भएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको सभापतिमा समिक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा सभापतिको उम्मेदवार आकृति अवस्थी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा ओजश्वी शेरचन, संसदीय सुनुवाई समिति सभापतिको उम्मेदवार बोधनारायण श्रेष्ठलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको पनि महामन्त्री बुर्लाकोटीले बताएका छन् ।

उनले भने,‘कानून, न्याय तथा मानव अधिकार समितिमा सभापतिको उम्मेदवार हुनुहुन्छ समिक्षा बास्कोटा । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको उम्मेदवार अशोक चौधरी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल उम्मेदवार हुनुहुन्छ । त्यस्तै संसदको महिला तथा सामाजिक मामिला समितिमा सभापतिको उम्मेदवार हुनुहुन्छ आकृति अवस्थी । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद हरि ढकालज्यू । त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा ओजश्वी शेरचनज्यू । त्यस्तै संसदीय सुनुवाई समिति सभापतिको उम्मेदवार हुनुहुन्छ बोधनारायण श्रेष्ठज्यू । राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति । यो पनि संयुक्त समिति हो । यसमा पार्टीको तर्फबाट सभापति उम्मेदवार हुनुहुन्छ सांसद गणेश कार्कीज्यू । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदासज्यू सभापतिको उम्मेदवार बन्नु भएको छ । संसदीय अर्थ समितिको सभापतिको उम्मेदवार कृष्णहरी बुढाथोकी ज्यू हुनुुहुन्छ । र, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित सभापतिमा रहवर अन्सारीज्यु उम्मेदवार हुनुहुन्छ । एउटा सार्वजनिक लेखा समितिको हामीले प्रमुख प्रतिपक्ष दल त्यसको सभापति हुने अपेक्षा राखेका छौँ ।’

सो पार्टीले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्की र अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदासलाई सभापतिको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।


प्रकाशित मिति: ३ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?