काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विगतका राजा÷महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका राजा /महाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिए ? रबार हत्या काण्ड कसले कसरी गरेको हो भन्नेकुरा युवालाई बुझाउन जरुरी
हामीले आफ्नो घर बनाउन होस् अथवा लगानी वा कारोबार गर्न नै किन नहोस्, बिभिन्न प्रयोजनका निम्ति जग्गा किन्छौँ । जग्गा भनेको अरु सामान जस्तो किनिराख्ने पनि होईन । आफ्नो जिवनको अमूल्य कमाई जग्गामा लगानी गरिराख्दा पक्कै पनि हामी जग्गा किनिसके पछि झै-झमेला नहोस्, मुद्धा मामिला नहोस् भन्ने नै चाहंछौ ।
काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक संवादमा प्रचण्डले मिलेर अघि बढ्नेबारे प्रस्ताव गरेका हुन् ।
‘अब निर्णायक समय आउँदै छ, तयार रहौँं’ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। उनले लेखेका छन्, ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं। यही चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति। सम्पूर्ण बैंक, सहकारी, लघुवित्त पीडित, सहकारीमा बचत डुबेका
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका छन् । सोमबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका हुन् । जनताले नै चाहेको अवस्थामा कसैको केही नलाग्ने कोइरालाले स्पष्ट पारे । ‘जनताले चाहे राजतन्त्र
काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम प्रहरी हिरासतबाट रिहा भएका छन्। चितवनको भरतपुर विमानस्थलबाट चितवन प्रहरीले पक्राउ गरेको बमलाई मकवानपुर प्रहरीले मकवानपुर प्रहरी कार्यालयमा ल्याएको थियो। तर, ज्ञानेन्द्र शाहको फोटो जलाउनेलाई कानुनी रुपमै
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिहरु ठगिएको, समस्या परेको र दुतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको भन्दै यस्तो ध्यानाकर्षण गराउनुभएको
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकिय सचिवमा सुशील तिमिल्सेना नियुक्त भएका छन् । राष्ट्रपति पौडेलका नातेदार समेत रहेका तिमिल्सेनालाई चैत १ गते देखि लागुहुने गरी स्वकिय सचिवमा नियुक्त गरिएको हो । सहसचिव वा सो सरहको सुविधा पाउने गरी नियुक्त भएका सुशील यसअघि उपसचिव सरहको सुविधासहित पौडेलकै सचिवालयमा कार्यरत थिए ।
काठमाडाैं । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गर्दै देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव अघि सारेका छन्। उनले गणतन्त्रवादी दलहरू मात्र सहभागी हुने र सकेसम्म एमालेलाई अलग राख्ने तर आवश्यक परे एमालेलाई समेत समेट्ने बताएका छन्। राजसंस्थावादी शक्ति हावी हुन लागेको भन्दै गणतन्त्रवादी
महोत्तरी। बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलोग्राम सहित काठमाडौं टोखा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिन्धुलीबाट बर्दिबासतर्फ