Trending
>>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब


महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब

काठमाडौ।सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनस्र्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

चाडपर्वको मुखमा भइरहेको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन् । सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् । उनले मौसमी पूर्वानुमानलाई मध्यनजर गर्दै बाढीबाट नागरिकलाई सुरक्षित राख्न सरकारको पूर्वतयारीबारे समेत प्रश्न गरेकी छिन् ।

सांसद शर्माले भनिन्, ‘दशैं–तिहारको मुखमा तरकारी र मासुको मूल्य अस्वाभाविक बढेको छ, तर सरकारले वाह्य कारण देखाएर पन्छिने गरेको छ ।’

सांसद बुद्धरत्न महर्जनले विपद् प्रभावित परिवारहरू अझै पनि अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै एकमुष्ट राहत तथा पुनस्र्थापना प्याकेज घोषणा गर्न माग गरेका छन् । सांसद भरतप्रसाद पराजुलीले बाढीमा बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारले प्रस्ट पार्नुपर्ने र मृतकसरहको राहत व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

सञ्चार क्षेत्रको विषय उठाउँदै सांसद बुद्धिप्रसाद पन्तले सरकारी विज्ञापनमा गरिएको कटौती र पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । उनले स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउनुपर्नेमा सरकारका नीतिहरूले संकटमा पारेको आरोप लगाएका छन् ।

सांसद विश्वराज पोखरेलले इलाका प्रशासन कार्यालय स्थापनाको माग दोहोर्याएका छन् भने सांसद विना गुरुङले सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव र भौतिक पूर्वाधारको दुरवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । साथै, सांसद भरत गिरीले चाडपर्वको अवसरमा हुने सडक दुर्घटना न्युनिकरणका लागि प्रमुख राजमार्गहरूको सुरक्षा अडिट र सवारी साधनको फिटनेस परीक्षण कडाइका साथ गर्न सुझाव दिएका छन् ।


प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?