Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

तिल गाउँका बासिन्दाहरुको उद्धार गर्न सांसद भोटेको माग


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमी उपत्यकास्थित तिल गाउँका बासिन्दाहरुको उद्धारमा विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्यहाँका स्थानीयहरुको जीवन कष्टकर बनिरहेको र जाने ठाउँ पनि नभएकाले सरकारले समयमै उचित कदम चाल्नुपर्ने बताएका छन् । तत्काल आपत्कालीन बैठक बसेर आवश्यक कदम चाल्न उनको आग्रह छ । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान शुरु गर्न माग पनि गरेका छन् ।

उनले भने, ‘हुम्ला जिल्लाको लिमी तिला गाउँको माथि हिमताल फुटेर त्यहाँको अवस्था असाध्यै कष्टकर छ । सम्पर्क गर्दा त्यहाँको गाउँलेहरु न यता जान सम्भव, न उता जान । त्यहाँको जनता रोइरहेको छ । कराइरहेको छ, गुहार मागिरहेको छ । नेपाल सरकारको तर्फबाट दुर्गम हुनुको कारणले पुग्न गाह्रो भइरहेको छ । तत्काल आपत्कालीन बैठक बसेर, हेलिकप्टर, त्यहाँको भूगोल विज्ञ लिएर गएर अनुसन्धान गर्नुपर्छ । त्यहाँका बासिन्दालाई गास, बास र कपासको व्यवस्था गर्नुप¥यो । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान शुरु गर्नुपर्छ ।’

सांसद भोटेले हिमाल केन्द्रित योजना बनाउन पनि माग गरेका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?