Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

तिल गाउँका बासिन्दाहरुको उद्धार गर्न सांसद भोटेको माग


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमी उपत्यकास्थित तिल गाउँका बासिन्दाहरुको उद्धारमा विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्यहाँका स्थानीयहरुको जीवन कष्टकर बनिरहेको र जाने ठाउँ पनि नभएकाले सरकारले समयमै उचित कदम चाल्नुपर्ने बताएका छन् । तत्काल आपत्कालीन बैठक बसेर आवश्यक कदम चाल्न उनको आग्रह छ । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान शुरु गर्न माग पनि गरेका छन् ।

उनले भने, ‘हुम्ला जिल्लाको लिमी तिला गाउँको माथि हिमताल फुटेर त्यहाँको अवस्था असाध्यै कष्टकर छ । सम्पर्क गर्दा त्यहाँको गाउँलेहरु न यता जान सम्भव, न उता जान । त्यहाँको जनता रोइरहेको छ । कराइरहेको छ, गुहार मागिरहेको छ । नेपाल सरकारको तर्फबाट दुर्गम हुनुको कारणले पुग्न गाह्रो भइरहेको छ । तत्काल आपत्कालीन बैठक बसेर, हेलिकप्टर, त्यहाँको भूगोल विज्ञ लिएर गएर अनुसन्धान गर्नुपर्छ । त्यहाँका बासिन्दालाई गास, बास र कपासको व्यवस्था गर्नुप¥यो । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान शुरु गर्नुपर्छ ।’

सांसद भोटेले हिमाल केन्द्रित योजना बनाउन पनि माग गरेका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?