Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

समानुपातिक निर्वाचन प्रणालीले कसैलाई बहुमत ल्याउन दिँदैन तर रोजिसकेपछि यही कायम रहन्छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन प्रणाली कसैलाई बहुमत ल्याउन नदिने खालको रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओली आफूहरु मिसन ०८४ को उद्देश्य लिएर हिँडेको भन्दै एकल बहुमत ल्याउने उद्देश्य लिएको बताएका छन् । उनले नेकपा एमालेका लागि एकल बहुमत सम्भव रहेको बताउंदै समानुपातिक प्रणालीले कसैलाई पनि एकल बहुमत ल्याउन नदिने भएपनि अब यो प्रणाली रोजिसकेपछि कायम रहने बताएका छन् । यही प्रणालीभित्र बहुमत ल्याउनेगरी आवश्यक तयारी थाल्न निर्देशन दिंदै प्रधानमन्त्री ओलीले नेकपा एमाले हजार रुपैयाँ गोजीमा हालिदिएर कुदाउन ल्याएको जमात जस्तो नभएको जिकिर गर्दै अराजकता सदैव आफूहरुको शत्रु भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौँ । एकल बहुमत ल्याउने उद्देश्य लिएका छौँ । यो असम्भव छैन । यो बिल्कुलै सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नसक्ने, नदिने खालको भरसक त्यस्तो प्रणाली हामी कहाँ छ । तर हामीले धेरै भोट र धेरै सिट ल्यायौँ भने कसैलाई बहुमत ल्याउन नसक्ने खालको परिपाटीमा पनि बहुमत ल्याउन सम्भव छ । समानुपातिक प्रणाली साधारणतया हंग पाल्र्यामेण्टको प्रणाली हो । यसले कसैको बहुमत आउँदैन, साधारणतया । साधारणतया मात्रै होइन, हामीले यो प्रणाली चुनिसकेका छौँ, प्रणाली यही कायम रहन्छ । यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्नेछ । यो कष्टसाध्य छ, चुनौतिपूर्ण छ, तर पनि यो काम नेकपा एमालेका लागि सम्भव छ । त्यसकारण हामीले मिसन ०८४, एमालेको एकल बहुमत ल्याउने गरीको तयारी यसमा हामी जुटिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई एकल बहुमतको निर्णयात्मक शक्तिका रुपमा देशलाई सुशासन र न्यायको बाटोमा अघि बढाउने सन्दर्भमा जुनसुकै निर्णय गरेर अघि बढ्नसक्ने बनाउनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?