Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा


जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा

काठमाडौ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रको रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले चुनावी प्रतिवद्धताअनुसार मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सरकारप्रति आभार व्यक्त गरेका हुन् । सांसद झाले गत वर्ष चुनावी अभियानको क्रममा जनकपुरमा गरिएको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रतिवद्धता स्मरण गराएका छन् । मन्त्रिपरिषद्ले मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेसँगै उक्त योजना कार्यान्वयनको दिशामा अघि बढेको उनले बताए । साथै, उनले पछिल्लो समय सरकारी काममा देखिएको तदारुकताको प्रशंसा गरेका छन् ।

विशेषगरी, कृष्णभीरको सडक १२ दिनभित्रै सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देखाएको सक्रियताको उनले प्रशंसा गरेका छन् । कार्यसम्पादनमा सरकारले देखाएको यो गति अन्य आयोजनाहरूमा पनि आवश्यक रहेको उनले संकेत गरेका छन् ।

उनले भने, ‘गत वर्ष चुनावी अभियानको शुरुवात गर्दै गर्दा माघ ५ गते जनकपुरमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिवद्धता हामीले व्यक्त गरेका थियौँ । सोही प्रतिबद्धताअनुरूप जानकी मन्दिर क्षेत्रलाई संरक्षित प्रतिष्ठान क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय नेपाल सरकार, मन्त्रिपरिषद्बाट भएकोमा आभार व्यक्त गर्दछु । त्यसैगरी, हाल भइरहेका निर्माण कार्यमा सरकारले देखाएको तदारुकताप्रति पनि धन्यवाद व्यक्त गर्दछु । कृष्णभीरको सडक १२ दिनमै सुचारु गर्न देखाउनुभएको पहलप्रति माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु । बाढीपीडितहरू विभिन्न स्थानका शिविरमा बसिरहेको अवस्थामा महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण रहेको भन्ने जानकारी आएको छ । यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद झाले मुलुकका विभिन्न भागमा रहेका बाढीपीडित शिविरहरूको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । बाढीपीडितहरू बसोवास गरिरहेका अस्थायी शिविरहरूमा महिला र बालबालिकाको सुरक्षा संवेदनशीलता बढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । असुरक्षित वातावरणका कारण पीडितहरू थप समस्यामा परेको भन्दै उहाँले तत्काल सुरक्षा र व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।


प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?