Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

साल्ट ट्रेडिङमार्फत गरिरहेको नुनको कारोबार निजी क्षेत्रलाई दिने निर्णय गरिएको छैनः मन्त्री भण्डारी


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने कुरा भ्रमपूर्ण प्रचार रहेको बताएका छन्  ।

सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले  सरकारले गरेका निर्णयहरु क्रमशः स्पष्ट रुपमा बाहिर आउने गरेको भन्दै सरकारले कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने निर्णय नगरेको स्पष्ट पारेका छन् । उनले कर्पोरेशनले दिन नसकेको, पुर्याउन नसकेको, ढुवानीमा केही समस्या भएको भए जटिलता भयो कसरी गरौँ भन्नेसम्मका सुझाव र छलफल गर्न सकिने बताएका छन्  । सरकार अहिले बजेटको पूर्वतयारीमा लागेको र कुनै निर्णय नभएको जानकारी गराउदै उनले  साल्ट ट्रेडिङ कर्पोरेशनले विक्री गरिहेको साल्टमा आवश्यक मात्रा भन्दा बढी आयोडिन भएको गुनासो आएको भन्दै आफूले त्यसबारेमा पनि जानकारी लिएको बताएका छन् ।

मन्त्री भण्डारीले भने, “पछिल्लो पटक एउटा समाचार संप्रेषण भयो, साल्ट ट्रेडिङ कर्पोरेशनले विक्री गरिहेको साल्टमा आवश्यक मात्रा भन्दा बढी आयोडिन भएका कारणले आम उपभोक्तालाई थाइराइड जस्ता रोगहरु निम्तेको छ भन्नेखालका समाचार सुनियो । त्यही विषयमा पनि संस्थाको सिइओसँग छलफल गरेँ । यसमा आधिकारिक रुपबाट त्यसको परीक्षणको नमूना परीक्षण गरेर हाम्रो भान्सामा हामीले विक्रीप् वितरण गरेको आयोडिन नुनको पकेटलाई कसरी विक्री गर्दछन्, कति बढी आयोडिन छ ? सचेतना गर्नेकुरा, जानकारी गराउनुपर्ने कुरामा सम्बोधन गर्नुपर्नेछ भनेँ । त्यसको प्रत्येक वर्ष नमूना संकलन गरी परीक्षण गर्ने गरेको बताउनु भयो । आजको यो अत्यावश्यक वस्तुलाई सबै तहमा पहुँच पुग्ने, सरकारले दिइरहेको ढुवानी सहुलियत, कतै कतै फोटोमा आइराख्छ । नुनको लाइन अहिले पनि लागिराख्छ भन्ने किसिमको । ढुवानी सहुलियतले प्राप्त गरेको क्षेत्रबाट आवश्यक भन्दा बढी नुन प्राप्त गर्न र अन्यत्र सार्न पनि देखिने गरेको छ । हामीले परिवार संख्या काउण्ट गरेर एउटा परिवारमा कति व्यक्ति हुन्छन् र वर्षभर कति नुन आवश्यक हुन्छ भन्ने अनुमान गरेर नै वितरण प्रणालीका बारेमा स्थानीय प्रशासनसँग छलफल गरेर नै अघि बढेका छौँ । अहिले फेरि अनेक खालका अफवाह फैल्याएर लगिएको छ, यो आवश्यक छैन । सरकारले कुनै निर्णय गर्दा सुनिने देखिने गरी आउँछ नि । बजेटको पूर्वतयारीमा छौँ । नीति तथा कार्यक्रम आएको छ । यसको नियमन गर्ने मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसको म मन्त्री । हामीलाई दिइएको सिलिङ वा मन्त्रालयसँग रहेका महाशाखा, संस्थानहरु जे जति छन् । क्याबिनेट, मन्त्रालयले गर्ला । तर त्यो कहीँ कतै भएको छैन । तर समाचार संप्रेषण भएर आयो । यहाँ कुनै समस्या पनि भएको छैन । यसले दिन नसकेको, पुर्याउन नसकेको, ढुवानीमा केही समस्या भएको भए जटिलता भयो कसरी गरौँ भन्ने हुन्छ, तर पनि त्यसरी समाचार प्रकाशित भएका छन् । ”

मन्त्री भण्डारीले अहिले आएका अफवाहको अन्त्य गरी साल्ट ट्रेडिङ कर्पोरेशनको विश्वसनियता बढाउनुपर्नेमा जोड दिएका छन्  ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?