Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँः राधिका शाक्य


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनैपनि काम नगरेको बताएकी छिन् ।

सोमवार काठमाडौंमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं पुस्तक समीक्षा कार्यक्रममा बोल्दै उनले ओलीस्ँग विवाह गरेको करिव ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उल्लेख गरेकी छिन् । यदी पदको दुरुपयोग गरेर कसैलाई कुनै पदमा राखेको फेला पारेर ल्याउन चुनौति दिंदै उनले कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको र आफू कुनैपनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने बताएकी छिन् । आफूले राजनीति नगरेपनि राजनीति बुझ्ने उनले बताइन् ।

उनले भनिन् , ‘जहाँसम्म मलाई लाग्छ, अब कार्यकर्ताहरुको व्यवस्थापन कसरी भएको छ ? के भएको छ त्यो म जान्दिनँ । किनभने म कुनैपनि पोलिटिक्समा मैले हस्तक्षेप गरेको छैन, गर्दिन पनि । अघि पनि कुरा आयो । मैले सधैँ भन्ने गर्दछु, म राजनीति गर्दिन तर म राजनीति मज्जाले बुझ्छु । किनभने मेरो पृष्ठभुमि पनि राजनीति नै हो । बुझ्ने इन्ट्रेस्ट पनि हो । त्यसमाथि केपी ओलीसँगै बसेपछि त अलिअलि राजनीति नबुझ्ने हुँदैन होला, बुझ्छु । राजनीतिलाई विश्लेषण नै गर्ने हो भने मलाई लाग्छ म सही ढंगले विश्लेषण गर्नसक्छु । मलाई कुनै लोभ, अवसर, महत्वकांक्षा छैन । हाम्रो नातागोताले कहीँ कतै सानो, ठूलो शक्तिको दुरुपयोग गरेर राखिदिएको केही छैन । तपाईंहरुले भेट्टाउन सक्नुहुन्छ भने खोज्न म अनुरोध गर्न चाहन्छु । मैले उहाँसँग विवाह गरेको ३७—३८ वर्ष भयो । उहाँ ४ पटक प्रधानमन्त्री बन्नुभयो । गृहमन्त्री, परराष्ट्रमन्त्री, केके हुनुभयो । तर एक जना मान्छेलाई एउटा सानो पोस्टमा पनि पदको दुरुपयोग गरेर राख्ने गरेको छैन ।’

प्रथम महिला शाक्यले आफूलाई कुनै लोभ, अवसर खोज्ने चाहना र महत्वकांक्षा नरहेको पनि स्पष्ट पारेकी छिन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?