Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० ले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुनेछन्ः मन्त्री चौरसिया


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० ले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुने बताएका छन् ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले विधेयकमा प्रश्ताव गरिएका व्यवस्थाबाट प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुनुका साथै नेपालको दिगो तथा सन्तुलित विकास सुशासन प्रत्याभुति हुने व्यवस्था गरिएको बताएका छन् । उनले सांसदहरुले व्यक्त गरेका चिन्ताको सम्बोधन गर्न आवश्यक रहेको भए सम्बन्धित विधायन समितिबाट हुने बताएका छन् ।

मन्त्री चौरसियाले भने, ‘विधेयकमा प्रश्ताव गरिएका व्यवस्थाबाट प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुनुका साथै नेपालको दिगो तथा सन्तुलित विकास सुशासन प्रत्याभुति हुने व्यवस्था गरिएको छ । प्रतिनिधि सभाबाट पारित भइ यस सभामा पेश भएको प्रश्तुत विधेयकमा आजको छलफलमा माननीयज्युहरुले व्यक्त गर्नुभएको चिन्ताको सम्बोधन गर्न आवश्यक रहेको भए सम्बन्धित विधायन समितिबाट हुने नै छ ।’

मन्त्री चौरसियाले छलफलले विधेयकलाई अझ बढी गहन र कार्यान्वयन योग्य हुने बताएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?