Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० ले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुनेछन्ः मन्त्री चौरसिया


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० ले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुने बताएका छन् ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले विधेयकमा प्रश्ताव गरिएका व्यवस्थाबाट प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुनुका साथै नेपालको दिगो तथा सन्तुलित विकास सुशासन प्रत्याभुति हुने व्यवस्था गरिएको बताएका छन् । उनले सांसदहरुले व्यक्त गरेका चिन्ताको सम्बोधन गर्न आवश्यक रहेको भए सम्बन्धित विधायन समितिबाट हुने बताएका छन् ।

मन्त्री चौरसियाले भने, ‘विधेयकमा प्रश्ताव गरिएका व्यवस्थाबाट प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुनुका साथै नेपालको दिगो तथा सन्तुलित विकास सुशासन प्रत्याभुति हुने व्यवस्था गरिएको छ । प्रतिनिधि सभाबाट पारित भइ यस सभामा पेश भएको प्रश्तुत विधेयकमा आजको छलफलमा माननीयज्युहरुले व्यक्त गर्नुभएको चिन्ताको सम्बोधन गर्न आवश्यक रहेको भए सम्बन्धित विधायन समितिबाट हुने नै छ ।’

मन्त्री चौरसियाले छलफलले विधेयकलाई अझ बढी गहन र कार्यान्वयन योग्य हुने बताएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?