काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मत र कांग्रेस र एमालेबीच सरकारको आलोपालो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन काटेको हो । बक्यौता बापतको रकम तिर्न प्राधिकरणले हिजों सम्मको अल्टिमेटम दिएको थियो । हिजो बेलुकासम्म बक्यौता बापतको रकम नआएपछि लाइन
काठमाडौँ । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति १:४६ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १:४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।
काठमाडौँ । विशेष अदालतले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना निर्धारण गरेको छ । विशेष अदालतले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई सबैभन्दा बढी ९ वर्ष १ महिना कैद हुने फैसला सुनाएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा नेता कोइरालाले भने,‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । अब बन्ने सरकार ७६ (२) कै हुन्छ ।’
काठमाडाैं । नेपाली कांग्रेसका सांसद एनपी साउदले गृहजिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरुलाई तत्काल पुनस्र्थापना गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेसँग समय माग्दै उनले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढी पु¥याएको विपदलाई
संसदको प्रत्यक्ष प्रशारण भैरहेको छ । प्रतिनिधि सभा बैठक, २०८१ असार २५ गते,मंगलबार बिहान ११:०० बजे https://youtu.be/4cFGR8fdVB0
-मुकुल ढकाल रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ....
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् ।
विराटनगर । विराटनगरमा गएराति भएको ग्याङ फाइटमा मोरङको कटहरी गाउँपालिकाका २१ वर्षीय करण कामतकको मृत्यु भएको छ भने घाइते हुनेमा कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते अवस्थामा भेटिएका थिए