Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

अग्रिम टिकटका लागि बस सेवा डटकम सारथी बन्दै, दैनिक १० हजार यात्रुले टिकट बुकिङ गर्नसक्ने


काठमाडौँ। यस पटकको दशैँमा यातायात व्यवसायीहरुले यात्रुहरुलाई अग्रिम टिकट दिन आनकानि गरिरहेका बेला बस सेवा डटकम यात्रुहरुका लागि सारथी बनेको छ ।

बस सेवा डटकममार्फत दैनिक १० हजार यात्रुहरुले टिकट बुकिङ गर्नसक्ने अनुमान गरिएको छ । बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग पनि समन्वय गरेर अनलाइनबाट बस टिकट बुकिङ खुलाइएको बताएका छन् । उनकाअनुसार बससेवा डटकमले ७७ वटै जिल्लाका लागि बुकिङ अनलाइनबाट खुलाएको छ ।

उनले भने ‘अग्रिम टिकट हामीले खोलिसकेका छौं । चितवन पोखरालगायतका ठाउँहरुमा गाडीहरु गइरहेको छ । गाडीहरु रोकिएका छैनन् भने धनगढी, महेन्द्रनगरमा बाटो बन्द भएर रोकिएको थियो, अहिले सुचारु भइसकेको छ । अग्रिम टिकट जाने मात्रै नभएर फर्किनका लागि समेत खुलाउँदैछौं । ७७ ओटै जिल्लाका लागि हामीले बुकिङ अनलाइनबाट खुलाएका छौं । हामीसँग यो पटक ५० हजारजतिको सिट छ । तर बाटोका कारणले हामीले सोचेजस्तो टिकट गएको छैन् । दिनमा लगभग १० हजारसम्म बुकिङ हुनसक्ने सम्भावना छ ।’

थापाकाअनुसार बस सेवालाई डिजिटलाइज गर्न महासंघबाट पूर्णरुपमा सहयोग रहँदै आएको छ । देशभरका करिव ९५ प्रतिशत यातायात समितिहरु बससेबा डटकममा आवद्ध भइसकेका छन् । बससेवा डटकमको आगामी योजना बसको मात्रै नभएर प्लेन, होटलहरुको समेत बुकिङ गर्नसक्ने व्यवस्था गर्न सकिनेछ । आगामी दिनमा नेपालको हरेक कुनाबाट अनलाइन टिकटको सुविधा दिने योजना रहेको थापाले बताए । थापाकाअनुसार बस सेवा डटकमको सर्भर व्यवस्थापन बलियोसँग भएको बताए । धेरैले अग्रिम टिकट अनलाइनबाट काट्दा सर्भर डाउन हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सर्भरको क्षमता बढाइएको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव वेगनाथ गौतमले बस सेवासँग सहकार्य गरेर बुकिङ खुलाउँदा धेरै सहज भएको बताएका छन् । उनकाअनुसार अहिले भौतिक रुपमा भन्दा पनि टिकट बुकिङ अनलाइनबाट धेरै हुने गरेको छ । यसले यात्रुलाई समेत धेरै सहज बनाएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासंचिव गौतमले भने,‘नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विगतदेखि नै हामी सबै देशभरका यातायात व्यवसायीलाई तपाईंहरुले प्रविधिको प्रयोग गर्नुस् भनेर भनेका छौं । अनलाइन टिकट गर्न भनिरहेका छौं । आफ्नो एप बनाउन पनि भनिरहेका छौं । त्यसरी नै सेबा सञ्चालन गर्न भनिरहेका छौं । अहिले देशभरी नै लगभग ६० प्रतिशत हाम्रा सबै सदस्यहरु अनलाइनमा गइसकेका छन् । कतिपय कम्पनीले आफ्नो कम्पनीका नाममा एप बनाएर अनलाइन टिकट दिइरहेका छन् । कतिपयले यो बस सेवा डटकमसँग सहकार्य गरेर गरेका छन् । आफ्नो एपसँग बससेवा डटकम लिंक गरेर यातायात व्यवसायीलाई सेवा दिइरहेको अवस्था छ । यसले अहिले हामीले भौतिक रुपमा अग्रिम बुकिङ खोल्ने र भौतिक रुपमा बुकिङ गर्नेको संख्या त्यति धेरै छैन् । यो सबै अनलाइन सेबाले गर्दा नै हो ।’

यता, भौतिक रुपमा टिकट काट्ने यात्रुहरुलाई लक्षित गरेर काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कमा दैनिक स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । जसमा प्रेसरहरु चेक गर्ने, ज्वरो नाप्ने सेवा दिइरहेको काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग सदस्य गौरव बोहोराले बताएका छन् ।

उनले भने,‘सामान्य चेकजाँच गरिरहेका छौं । प्रेसरहरु चेक गर्ने, ज्वरोहरु नाप्ने काम भइरहेको छ । दिनमा ४०÷४५ जना बिरामीहरु आउने गर्नुभएको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिइरहेका छौं ।’

विगतमा अनलाइन सेवा नहुँदा यात्रुहरुले घटस्थापनादेखि नै बसपार्कमा मध्यरातमा गएर लाइन बसीबसी टिकट काट्नुपथ्र्याे । जसकारण कष्टकर हुने गरेको थियो । यसपटक त्यो बाध्यताको अन्त्य भएको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?