Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अग्रिम टिकटका लागि बस सेवा डटकम सारथी बन्दै, दैनिक १० हजार यात्रुले टिकट बुकिङ गर्नसक्ने


काठमाडौँ। यस पटकको दशैँमा यातायात व्यवसायीहरुले यात्रुहरुलाई अग्रिम टिकट दिन आनकानि गरिरहेका बेला बस सेवा डटकम यात्रुहरुका लागि सारथी बनेको छ ।

बस सेवा डटकममार्फत दैनिक १० हजार यात्रुहरुले टिकट बुकिङ गर्नसक्ने अनुमान गरिएको छ । बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग पनि समन्वय गरेर अनलाइनबाट बस टिकट बुकिङ खुलाइएको बताएका छन् । उनकाअनुसार बससेवा डटकमले ७७ वटै जिल्लाका लागि बुकिङ अनलाइनबाट खुलाएको छ ।

उनले भने ‘अग्रिम टिकट हामीले खोलिसकेका छौं । चितवन पोखरालगायतका ठाउँहरुमा गाडीहरु गइरहेको छ । गाडीहरु रोकिएका छैनन् भने धनगढी, महेन्द्रनगरमा बाटो बन्द भएर रोकिएको थियो, अहिले सुचारु भइसकेको छ । अग्रिम टिकट जाने मात्रै नभएर फर्किनका लागि समेत खुलाउँदैछौं । ७७ ओटै जिल्लाका लागि हामीले बुकिङ अनलाइनबाट खुलाएका छौं । हामीसँग यो पटक ५० हजारजतिको सिट छ । तर बाटोका कारणले हामीले सोचेजस्तो टिकट गएको छैन् । दिनमा लगभग १० हजारसम्म बुकिङ हुनसक्ने सम्भावना छ ।’

थापाकाअनुसार बस सेवालाई डिजिटलाइज गर्न महासंघबाट पूर्णरुपमा सहयोग रहँदै आएको छ । देशभरका करिव ९५ प्रतिशत यातायात समितिहरु बससेबा डटकममा आवद्ध भइसकेका छन् । बससेवा डटकमको आगामी योजना बसको मात्रै नभएर प्लेन, होटलहरुको समेत बुकिङ गर्नसक्ने व्यवस्था गर्न सकिनेछ । आगामी दिनमा नेपालको हरेक कुनाबाट अनलाइन टिकटको सुविधा दिने योजना रहेको थापाले बताए । थापाकाअनुसार बस सेवा डटकमको सर्भर व्यवस्थापन बलियोसँग भएको बताए । धेरैले अग्रिम टिकट अनलाइनबाट काट्दा सर्भर डाउन हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सर्भरको क्षमता बढाइएको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव वेगनाथ गौतमले बस सेवासँग सहकार्य गरेर बुकिङ खुलाउँदा धेरै सहज भएको बताएका छन् । उनकाअनुसार अहिले भौतिक रुपमा भन्दा पनि टिकट बुकिङ अनलाइनबाट धेरै हुने गरेको छ । यसले यात्रुलाई समेत धेरै सहज बनाएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासंचिव गौतमले भने,‘नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विगतदेखि नै हामी सबै देशभरका यातायात व्यवसायीलाई तपाईंहरुले प्रविधिको प्रयोग गर्नुस् भनेर भनेका छौं । अनलाइन टिकट गर्न भनिरहेका छौं । आफ्नो एप बनाउन पनि भनिरहेका छौं । त्यसरी नै सेबा सञ्चालन गर्न भनिरहेका छौं । अहिले देशभरी नै लगभग ६० प्रतिशत हाम्रा सबै सदस्यहरु अनलाइनमा गइसकेका छन् । कतिपय कम्पनीले आफ्नो कम्पनीका नाममा एप बनाएर अनलाइन टिकट दिइरहेका छन् । कतिपयले यो बस सेवा डटकमसँग सहकार्य गरेर गरेका छन् । आफ्नो एपसँग बससेवा डटकम लिंक गरेर यातायात व्यवसायीलाई सेवा दिइरहेको अवस्था छ । यसले अहिले हामीले भौतिक रुपमा अग्रिम बुकिङ खोल्ने र भौतिक रुपमा बुकिङ गर्नेको संख्या त्यति धेरै छैन् । यो सबै अनलाइन सेबाले गर्दा नै हो ।’

यता, भौतिक रुपमा टिकट काट्ने यात्रुहरुलाई लक्षित गरेर काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कमा दैनिक स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । जसमा प्रेसरहरु चेक गर्ने, ज्वरो नाप्ने सेवा दिइरहेको काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग सदस्य गौरव बोहोराले बताएका छन् ।

उनले भने,‘सामान्य चेकजाँच गरिरहेका छौं । प्रेसरहरु चेक गर्ने, ज्वरोहरु नाप्ने काम भइरहेको छ । दिनमा ४०÷४५ जना बिरामीहरु आउने गर्नुभएको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिइरहेका छौं ।’

विगतमा अनलाइन सेवा नहुँदा यात्रुहरुले घटस्थापनादेखि नै बसपार्कमा मध्यरातमा गएर लाइन बसीबसी टिकट काट्नुपथ्र्याे । जसकारण कष्टकर हुने गरेको थियो । यसपटक त्यो बाध्यताको अन्त्य भएको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?