Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मुग्लिङ–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


काठमाडौँ। चितवनको इच्छाकामनास्थित तुइनखोला नजिक खसेको पहिरोले मुग्लिन–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध भएको छ ।

तुइनखोलामा बुधवार दिउँसो खसेको पहिरो निकै ठलो भएको कारण उक्त सडकखण्ड अनिश्चित कालका लागि अवरुद्ध भएको हो । उक्त पहिरोेको कारण सडक सञ्चालनमा आउन अझै दुई÷तीन लाग्नसक्ने बताइएको छ । सडक पूर्ण रुपमा नखुल्दासम्म वैकल्पिक मार्गको प्रयोग गर्न सडक विभागले आग्रह गरेको छ । बुधवार बिहान साढे ६ बजेदेखि पहिरो हटाउन चार डोजर प्रयोग गरिएको भएपनि वर्षा भएपछि काम रोकिएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा काठमाडौं र पोखराबाट नारायणगढतर्फ जाने तथा फर्कने सवारी साधन र यात्रुहरु सडकमै अलपत्र परेका छन् ।

स्थानीय प्रशासनले चितवन–काठमाडौं आवत जावत गर्ने साना गाडीले चितवनको जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । त्यसैगरी धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कने त्रिभूवन राजपथको बाटोलाई पनि विकल्पको रुपमा प्रयोग गर्न भनेको छ । मकवापनुरको हेटौँडाबाट भैँसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर पनि साना सवारी साधनमा यात्रा गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?