Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मुग्लिङ–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


काठमाडौँ। चितवनको इच्छाकामनास्थित तुइनखोला नजिक खसेको पहिरोले मुग्लिन–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध भएको छ ।

तुइनखोलामा बुधवार दिउँसो खसेको पहिरो निकै ठलो भएको कारण उक्त सडकखण्ड अनिश्चित कालका लागि अवरुद्ध भएको हो । उक्त पहिरोेको कारण सडक सञ्चालनमा आउन अझै दुई÷तीन लाग्नसक्ने बताइएको छ । सडक पूर्ण रुपमा नखुल्दासम्म वैकल्पिक मार्गको प्रयोग गर्न सडक विभागले आग्रह गरेको छ । बुधवार बिहान साढे ६ बजेदेखि पहिरो हटाउन चार डोजर प्रयोग गरिएको भएपनि वर्षा भएपछि काम रोकिएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा काठमाडौं र पोखराबाट नारायणगढतर्फ जाने तथा फर्कने सवारी साधन र यात्रुहरु सडकमै अलपत्र परेका छन् ।

स्थानीय प्रशासनले चितवन–काठमाडौं आवत जावत गर्ने साना गाडीले चितवनको जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । त्यसैगरी धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कने त्रिभूवन राजपथको बाटोलाई पनि विकल्पको रुपमा प्रयोग गर्न भनेको छ । मकवापनुरको हेटौँडाबाट भैँसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर पनि साना सवारी साधनमा यात्रा गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?