Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

बालेनलाई ओलीले भनेः पहिलेदेखि नै जलाइदिन्छु भन्दैथिए, यो योजनावद्ध काम हो


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलाउन नसक्ने बताएका छन् ।

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा गुण्डुस्थित निवासमा शुभकामना दिन पुगेका पार्टीका नेता, कार्यकर्ताहरुसँग शुभकामना आदानप्रदान गर्दै अध्यक्ष ओलीले यस्तो बताएका छन् । उनले देशको अवस्था धेरै नै चिन्ताजनक रहेको बताए । अहिले राष्ट्रलाई पीर परेको उल्लेख गर्दै देश नेपालीले नै बनाउनुपर्ने बताएका छन् । सेन्टीमेण्टमा आक्रोशित हुँदा यो परिणाम आएको उनको भनाइ छ । बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो एवं समाजउपयोगी हुनुपर्ने बताए । सभ्य, सुसंस्कृत हुनुपर्ने भन्दै असभ्य र गैरजिम्मेवार हुनु युवापन नभएको बताउनु भयो । अहिले नलेज सिकाइने तर क्यारेक्टर नसिकाइएका कारण युवा पुस्तामा यस्तो समस्या आइरहेको बताउनु भयो । अहिले नेपाल धेरै बद्नाम भएको उल्लेख गर्नुहुँदै धेरै देशहरुले भिसा रोकेको, काम गर्न वञ्चित गराइएको कुराबाट नेपाल लज्जित हुनुपरेको उल्लेख गरेका छन् । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्ने र त्यो काम अरु कसैले नगर्दिने उनको भनाइ छ । सिंहदरबार, संसद भवन कसले जलायो त्यसबारे जानकारी नरहेको भन्दै अरुको लहलहैमा लाग्दाको परिणामका रुपमा लिनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै पहिला पनि सिंहदरबार जलाइदिन्छु भनेको उल्लेख गर्दै अध्यक्ष ओलीले योजनावद्ध रुपमा सरकारी सम्पती जलाइएको बताएका छन् ।

उनले भने, ‘दशैँको शुभकामना । दशैँ राम्रोसँग मनाउनु होला । देशको अवस्था यस्तो छ । मान्यजनको हातको टीका लगाउने, आशिर्वाद लिने हाम्रो चलन । धेरै ठूलो क्षति भएको छ, नोक्शान भएको छ, राष्ट्रलाई पीर परेको छ । चाडवाड आएको छ । यो देश हामीले सच्याउने हो, हामीले सच्याउनुपर्छ, बनाउनुपर्छ । मानिसहरुको बानी बिग्रिएको छ । सेन्टीमेण्टमा काम गरेका छन् । हाम्रो बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो हुनुपर्छ । समाज उपयोगी हुनुपर्छ । हामी सभ्य, सुसंस्कृत हुनुपर्छ । असभ्य हुनु, गैरजिम्मेवार हुनु युवापन होइन । जिम्मेवार हुनुपर्छ । असल हुन सिक्नुपर्छ । यो युवाको गुण हो । अहिले नलेज सिकाइन्छ, क्यारेक्टर सिकाइँदैन । अहिले भिसा नदिने, काम नदिने स्थिति नेपालीलाई भइसक्यो । नेपाल एउटा बद्नाम अवस्थामा पुगिसकेको छ । त्यसबाट हामीले जोगाउनु छ । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर अघि बढाउनुपर्छ । ठूलो क्षति भएको यसबाट देशलाई अघि बढाउनुपर्छ । यस प्रकारका क्षति नहुन संगठित भएर अघि बढ्नुपर्छ । तर हरेस र हिम्मत खानु हुँदैन । यो देश हाम्रो हो, हामीले बनाउने हो । अरुको लहलहैमा गएर कसले जलायो थाहा छैन । सिंहदरबार जलाइयो । देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलाएन । अरु नै घुसपैठ तत्वहरुले जलाए । जो पहिलादेखि नै भन्दै थिएः सिंहदरबार जलाइन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको थोरै पल्ट त भएन त । धेरै पल्ट भइसक्यो । यो एउटा योजनावद्ध काम हो ।’

अध्यक्ष ओलीले बादल लाग्यो भन्दैमा बादल नहट्ने र साँझ पयो भन्दैमा भोलि बिहान उज्यालो हुँदैन भन्ने नहुने टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?