Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

बालेनलाई ओलीले भनेः पहिलेदेखि नै जलाइदिन्छु भन्दैथिए, यो योजनावद्ध काम हो


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलाउन नसक्ने बताएका छन् ।

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा गुण्डुस्थित निवासमा शुभकामना दिन पुगेका पार्टीका नेता, कार्यकर्ताहरुसँग शुभकामना आदानप्रदान गर्दै अध्यक्ष ओलीले यस्तो बताएका छन् । उनले देशको अवस्था धेरै नै चिन्ताजनक रहेको बताए । अहिले राष्ट्रलाई पीर परेको उल्लेख गर्दै देश नेपालीले नै बनाउनुपर्ने बताएका छन् । सेन्टीमेण्टमा आक्रोशित हुँदा यो परिणाम आएको उनको भनाइ छ । बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो एवं समाजउपयोगी हुनुपर्ने बताए । सभ्य, सुसंस्कृत हुनुपर्ने भन्दै असभ्य र गैरजिम्मेवार हुनु युवापन नभएको बताउनु भयो । अहिले नलेज सिकाइने तर क्यारेक्टर नसिकाइएका कारण युवा पुस्तामा यस्तो समस्या आइरहेको बताउनु भयो । अहिले नेपाल धेरै बद्नाम भएको उल्लेख गर्नुहुँदै धेरै देशहरुले भिसा रोकेको, काम गर्न वञ्चित गराइएको कुराबाट नेपाल लज्जित हुनुपरेको उल्लेख गरेका छन् । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्ने र त्यो काम अरु कसैले नगर्दिने उनको भनाइ छ । सिंहदरबार, संसद भवन कसले जलायो त्यसबारे जानकारी नरहेको भन्दै अरुको लहलहैमा लाग्दाको परिणामका रुपमा लिनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै पहिला पनि सिंहदरबार जलाइदिन्छु भनेको उल्लेख गर्दै अध्यक्ष ओलीले योजनावद्ध रुपमा सरकारी सम्पती जलाइएको बताएका छन् ।

उनले भने, ‘दशैँको शुभकामना । दशैँ राम्रोसँग मनाउनु होला । देशको अवस्था यस्तो छ । मान्यजनको हातको टीका लगाउने, आशिर्वाद लिने हाम्रो चलन । धेरै ठूलो क्षति भएको छ, नोक्शान भएको छ, राष्ट्रलाई पीर परेको छ । चाडवाड आएको छ । यो देश हामीले सच्याउने हो, हामीले सच्याउनुपर्छ, बनाउनुपर्छ । मानिसहरुको बानी बिग्रिएको छ । सेन्टीमेण्टमा काम गरेका छन् । हाम्रो बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो हुनुपर्छ । समाज उपयोगी हुनुपर्छ । हामी सभ्य, सुसंस्कृत हुनुपर्छ । असभ्य हुनु, गैरजिम्मेवार हुनु युवापन होइन । जिम्मेवार हुनुपर्छ । असल हुन सिक्नुपर्छ । यो युवाको गुण हो । अहिले नलेज सिकाइन्छ, क्यारेक्टर सिकाइँदैन । अहिले भिसा नदिने, काम नदिने स्थिति नेपालीलाई भइसक्यो । नेपाल एउटा बद्नाम अवस्थामा पुगिसकेको छ । त्यसबाट हामीले जोगाउनु छ । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर अघि बढाउनुपर्छ । ठूलो क्षति भएको यसबाट देशलाई अघि बढाउनुपर्छ । यस प्रकारका क्षति नहुन संगठित भएर अघि बढ्नुपर्छ । तर हरेस र हिम्मत खानु हुँदैन । यो देश हाम्रो हो, हामीले बनाउने हो । अरुको लहलहैमा गएर कसले जलायो थाहा छैन । सिंहदरबार जलाइयो । देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलाएन । अरु नै घुसपैठ तत्वहरुले जलाए । जो पहिलादेखि नै भन्दै थिएः सिंहदरबार जलाइन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको थोरै पल्ट त भएन त । धेरै पल्ट भइसक्यो । यो एउटा योजनावद्ध काम हो ।’

अध्यक्ष ओलीले बादल लाग्यो भन्दैमा बादल नहट्ने र साँझ पयो भन्दैमा भोलि बिहान उज्यालो हुँदैन भन्ने नहुने टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?