काठमाडौं। सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले सा निर्णय गरेको हो । बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताएका छन् । उनले समितिले खोज, उद्धार र राहत कार्यलाई तिब्रता दिने निर्णय गरेको बताएका
काठमाडौं।काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् । सोमवार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन् । उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग
काठमाडौँ । दुई दिनको निरन्तरको वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले ऊर्जा क्षेत्रमा करिव साढे ४ अर्ब ३५ करोड बराबरको क्षति भएको छ । आईतवार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयले ऊर्जातर्फ २ अर्ब ४५ करोड,सिंचाईतर्फ १ अर्ब ३५
काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छभने ५५ जना बेपत्ता भएका छन्। विपद्मा परी एक सय एक जना घाइते भएका छन् भने हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको छ। बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संविधानको संशोधन समाजवाद ल्याउनेगरी गर्नुपर्ने बताएका छन् । आईतवार पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले वर्तमान संविधान अपूर्ण भएकाले यसलाई संशोधन गर्नुपर्ने बताउदै उनले समाजवाद ल्याउने गरी संशोधन गर्नुपर्ने बताएका
काठमाडौँ । नेकपा(एमाले)की स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पितृसत्तात्मक मुल्य र मान्यता कायम भएकै कारण महिला हिंसा भइरहेको बताएकी छिन् । आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले पितृसत्तात्मक मूल्य र
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको बताएका छन् । आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समलिङ्गी विवाहलाई मान्यता प्रदान गर्नु समाजलाई
काठमाडौँ । प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच आइतबार दिउँसो जङ्गी अड्डामा भेटवार्ता भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटघाटले दुई देशबिच रही आएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका छन् । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरूले पहिलेको तुलनामा महँगो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो । “एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताएका छन् । आईतवार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले ४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडबक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त