Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

रास्वपालाई बाबुराम भट्टराईको सुझावःसत्य र न्यायको पक्षमा दृढ रहनु


काठमाडौँ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन् ।
चितवनको भरतपुरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपाले प्राप्त गरेको सफलतालाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीको रुपमा आफूले लिएको उल्लेख गर्दै मुलुकमा सुशासन र समृद्धिका लागि अघि बढन पनि आग्रह गरेका छन् । उनले रास्वपाका सफलतालाई आफनो पुस्ताका नेताहरुले भ्रमपूर्ण विचार राख्ने गरे पनि आफूले भन्ने यसलाई नयाँ खालको क्रान्तिको रुपमा लिएको बताएका छन् ।

उनले भने,‘रास्वपाले यो ४ वर्ष भित्र जुन उपलब्धि हासिल ग¥यो, आन्दोलन गरेर, संघर्ष गरेर भन्दा पनि जनताको मन जितेर आधुनिक प्रविधिमार्फत आफनो विचार सम्प्रेषण गरेर जसरी यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ । यसलाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीको रुपमा लिनुपर्दछ भन्ने मेरो मान्यता छ । मेरो पुस्ताका साथीहरुलाई ठूलो भ्रम छ–उहाँहरु यो दक्षिणले गरोयो, उत्तरले गरायो, पश्चिम गरायो भन्ने कथा बुनिराख्नु भएको छ । तर मेरो स्पष्ट धारणा के छ भने सत्य र न्यायको पक्षमा तपाईहरु उभिनुपर्दछ । म आफैले नयाँ राजनीतिक शक्ति भन्दै बैकल्पिक राजनीतिक शक्तिको पैरवी गरेँ । म अहिले रास्वपालाई त्यही अभियानकै सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु । सुशासन र समृद्धिको फल सबै नेपालीहरुलाई प्राप्त होस् ।’

पूर्वप्रधानमन्त्री भट्टराईले आफूले नयाँ राजनीतिक शक्ति भनेर वैकल्पिक राजनीतिक शक्तिको पैरवी गर्दै आएको र रास्वपालाई त्यसैको महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको पनि बताएका छन् ।


प्रकाशित मिति: ७ असार २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?