Trending
>>   चीन भ्रमणमा ऋणसम्बन्धि कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली >>   माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने >>   प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल >>   स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल >>   राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी मारमाः महासचिव पोखरेल >>   बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल >>   उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास >>   प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवाः चीन हाम्रो मित्र राष्ट्र हो >>   आसन्न चीन भ्रमणबारे सरोकारवालाहरुसँग छलफलमा प्रधानमन्त्री >>   सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

मुख्य समाचार


अविरल वर्षाका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौँ । लगातारको अविरल वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना

सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । साथै उनले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको सामना गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत देशभरि अविरल वर्षाले

अविरल वर्षासँगैको बाढी र डुबानले काठमाडौं जलमग्न

काठमाडौं । अविरल वर्षाले काठमाडौं उपत्यका डुबानमा परेको छ । पहिरो र बाढीका कारण जनजीवन प्रभावित भएको छ । बाढीका कारण काठमाडौं उपत्यकामा केही नागरिकहरु बेपत्ता भएका छन् । उपत्यकाका वागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ । मनोहरा, घट्टेखोला लगायतका खोलाहरुका कारण सडक र बस्ती डुबानमा

भारी वर्षाका कारण देशभरका सबै उडान प्रभावित

काठमाडौं । अविरल परेको अति भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशभरका राष्ट्रिय हवाइ उडान प्रभावित भएका छन् । यसैगरी,देशभरका सम्पूर्ण उडान प्रभावित बनेपनि अन्तर्राष्ट्रिय उडान भने भइरहेको छ।

उद्धार तथा राहतमा खटिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको खबरले आफू स्तब्ध भएको बताउदै उनले विपदमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मन्त्री लेखकले सरकाले उद्धार, बेपत्ताको खोजी, राहत, घाइतेको स्वास्थ्य उपचार गर्न गम्भीर रहेको बताउदै उनले देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या

नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ: कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताएका छन् । बिहीवारबाट अविरल जारी वर्षापछि देशभरका विभिन्न स्थानमा ठूलो क्षति पुगिसकेको भन्दै सरकारले आवश्यक पहलकदमी गरिरहेको बताएका छन् कार्यवाहक प्रधानमन्त्री सिंहले अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठूलो

त्रिभुवन विश्वविद्यालयमा कृषिको स्नातक तहको प्रवेश परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीलाई आवतजावत गर्न समस्या भएपछि परीक्षा स्थगित गरिएको हाे।  

कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

काठमाडौं। अविरल वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजमा पानी बहाव उच्च भए पछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी नदिमा यो वर्ष कै उच्च वहाव भएको छ । शनिवार बिहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार२८५ क्युसेक पुगेको छ । हाल

रोशीले बगायो बिपी राजमार्गको नेपालथोक सडक खण्ड

काठमाडौँ । बिहीबारदेखि लगातार भएको अविरल वर्षाका कारण काभ्रे हुँदै बग्ने रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्डको केही भाग भत्काएर बगाएको हो । नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यसैगरी ,सुनकोसीमा आएको भिषण

निरन्तर वर्षाका कारण केही नदीमा जलसतह खतरास्तर नजिक

काठमाडौँ । अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही

सम्वन्धित समाचारहरु