Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा संकल्प प्रश्ताव पेश


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादका सम्बन्धमा विगतमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रश्ताव पेश गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दाबी गर्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका छन् । संसद्मा जारी गतिरोध अन्त्यका लागि जिम्मेवार भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । सांसद राईद्वारा प्रश्तुत प्रश्तावमा प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भनी दिनुभएको अभिव्यक्तिलाई राष्ट्रघातीको संज्ञा दिइएको छ । उक्त अभिव्यक्तिलाई तत्काल संसदको रेकर्डबाट हटाई प्रधानमन्त्रीको लिखित वक्तव्य समेत समावेश गरिनुपर्ने उनको माग छ ।

अध्यक्ष राईले भने, ‘हामी धेरै औपचारिक भयौँ, तर समस्याको गाँठो फुक्न सकेन । प्रधानमन्त्रीलाई पटक–पटक सदनमा बोलाउँदा पनि आउन मान्नुहुन्न, आए पनि चित्तबुझ्दो जवाफ नदिँदा समस्या झन् जटिल बनेको छ । राष्ट्रियताको सवालमा सत्ता पक्ष वा प्रतिपक्ष नभनी दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै एकतावद्ध हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न यो प्रस्ताव आवश्यक छ ।’

संकल्प प्रश्तावमा आगामी दिनमा प्रधानमन्त्री, मन्त्री वा सांसद जोसुकैले पनि राष्ट्रिय सार्वभौमिकता र अखण्डताको सवालमा यस्ता तथ्यहीन र राष्ट्रहित विपरीतका अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्न माग गरिएको छ । जनताका प्रतिनिधिहरू संसद्मा केवल विवाद गरेर मात्र बस्न नहुने र जनउत्तरदायी बन्नुपर्ने धारणा राख्दै सांसद राईले यो संकल्प प्रश्ताव पारित गरी संसदीय गतिरोध अन्त्य गर्न सभामुखमार्फत सदनको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?