Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

काँग्रेसको आरोपः ‘प्रधानमन्त्री शाह नेपाललाई भारतको भूमि अतिक्रमणकारी प्रमाणित गर्न लागिपरेका छन्’


काठमाडौँ । नेपाली काँग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साह आफ्नो सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुको सट्टा नेपालले भारतको भूमि अतिक्रमण गरेको कुरा प्रमाणित गर्न लागिपरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका छन्। उनले नेपाल विश्वको नजरमा सीमा आतिक्रमणकारी देश नभएको र बन्न नसक्ने बताए । सांसद राईले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिको आलोचना गर्दै माफी माग्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउँदै नागरिकसमक्ष माफी माग्न सभामुख डोलप्रसाद अर्यालसमक्ष रुलिङको माग गरेका छन् ।

उनले भने, ‘नेपालले छिमेकी देश भारतको कुनैपनि सीमा वा जमिन मिचेको छैन । नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन, बन्न सक्दैन । तर सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले समेत भारतको भूमि आक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ । सामाजिक सञ्जालमा उहाँका शुभचिन्तकहरु समेत नभएका प्रमाणहरु सिर्जना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागिपरेका छन् । यो तहको राष्ट्रघात गर्न उहाँहरुलाई किन मन लाग्यो । हामी विपक्षी दलहरुले हामी जग्गा अतिक्रमणकारी होइनौँ भनेर प्रमाणित गर्न खोजिरहेका छौँ । प्रधानमन्त्री स्वयं यस सभामा उपस्थित भएर आफ्नो अविव्यक्तिको आलोचना गर्दै माफी माग्नुपर्छ भनेर माग गरिरहेका छौँ । यस विषयमा प्रधानमन्त्री माफी माग्नुपर्छ । यस विषयमा खुट्टा नकमाइकन सभामुखज्यूले रुलिङ गर्नुपर्छ ।’

उनले सरकार समर्थकलाई राष्ट्रघाति कदम प्रमाणित गर्न किन मन लाग्यो ? भन्दै प्रश्न समेत गरेका छन् ।


प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?