Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

कर दर परिवर्तन विवाद: अर्थमन्त्रीको बचाउ गर्दै प्रवक्ता पोखरेलले के भने?


काठमाडौँ । प्रवक्ता पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले माथी लागेको आरोपको पनि बचाउ गरेका छन् ।

अर्थमन्त्री वाग्लेमाथी स्वार्थ समूह अनुकुल रहेर करका दर हेरफेर गरेको लागेको आरोपमा प्रवक्ता पोखरेलले अर्थमन्त्रीले एकदमै मेहनत गरेर बजेट ल्याएको उल्लेख गर्दै पूर्ण समर्थन रहेको बताएका छन् । उनले करका नीति फेरबदलसम्बन्धी कुनै कुरा मन्त्रीपरिषद्मा नउठेको जानकारी पनि दिएका छन् ।

उनले भने, ‘अर्थमन्त्रीज्युले एकदमै मेहनत गरेर बजेट ल्याउन भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’

अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिइ करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ । विपक्षीहरुले स्वार्थ समूहको मिलेमत्तोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानविनको माग राखेका छन् ।


प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?