Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले


काठमाडौँ। नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिँदै क्षमायाचना गरेर मात्र संसदको कारबाही अघि बढाउन माग गरेको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै नेकपा (एमाले) की सचिव एवं सांसद पद्मा अर्यालले यस्तो बताएकी हुन् । अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूले पटक–पटक ध्यानाकर्षण गराए पनि सरकारले त्यसतर्फ चासो नदिएको महशुुस भएको बताइन् । उनले २०७७ जेठ १३ गते जारी गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शाको प्रसंग स्मरण गर्दै त्यतिबेला सत्ता र प्रतिपक्षबीच राजनीतिक मतभेद भएपनि राष्ट्रियताको सवालमा सबै दल एकजुट भएको उल्लेख गरिन् । उनले संविधानको अनुसूची संशोधन गरी उक्त नक्सालाई संविधानको अंग बनाइएको स्मरण गराउँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग रहेको दोहोर्याएकी छिन् ।

उनले भनिन्, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले संसदको रोष्ट्रममा दिएको अभिव्यक्तिको भूलसुधार गरियोस्, क्षमा याचन गरियोस् । र यो संसदलाई सुचारु ढंगले अगाडि बढाइयोस् भनेर हामीले पटक पटक ध्यानाकर्षण गराएका छौँ । यसतर्पm सरकारको ध्यान पुग्न नसकेको कुरा महसुस भएको छ । हामीले यसरी छलफलमा सामेल हुँदै गर्दा मलाई २०७७ साल जेठ १३ गतेको याद आइरहेको छ । त्यतिबेला पनि हामी सत्तापक्ष र प्रतिपक्षी थियौँ । राजनीतिक रुपमा हामीहरुबीच मतभेदहरु थिए । तर पनि हामीले आफ्ना मतभेद र असन्तुष्टिहरुलाई थाती राखेर राष्ट्रियताको सवालमा राष्ट्र एकढिक्का भएको थियो । हाम्रो अतिक्रमिक भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेत समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएको थियो । यो मुलुकका सबै नागरिकका प्रतिनिधि भएर आएका सबै राजनीतिक दलहरुको साझा विषय बनाएर एउटा राष्ट्रिय एकताको सशक्त सन्देश दिन हामी सफल भएका थियौँ । त्यहीअनुसार हामीले संविधानको अनुसूची बदलेर संविधानको अंग बनाएका छौँ । त्यसकारण कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न अंग हो, तुरुन्त फिर्ता होस् ।’

उनले प्रधानमन्त्री शाहले संसदको रोष्ट्रमबाट आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान राखेकी छिन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?