Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी


काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुने बताएको छ ।

सोमवार रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेका सर्वदलीय बैठकमा उक्त विषयमा कुरा नमिलेपछि थप छलफल गरी अवरुद्ध संसद सुचारु गराउने विषयमा छलफल हुने निष्कर्षमा पुगिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । उनले आफूहरुले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिनुभएको अभिव्यक्ति परराष्ट्र मन्त्रालयको विषय भएकाले परराष्ट्रमन्त्रीले जवाफ दिँदा हुनेकुरा राखेको र त्यसमा विपक्षले प्रधानमन्त्रीकै जवाफ चाहिन्छ भन्ने अडान राखेपछि उक्त विषयमा थप छलफल आवश्यक रहेको पनि बताएका छन् । महामन्त्री बुर्लाकोटीले सभापति लामिछानेले प्रधानमन्त्रीको संसदको सम्बोधन विषयगत रुपमा प्रवेश भएकाले यसको जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले दिँदा उपयुक्त हुने धारणा राख्नु भएको पनि बताएका छन् ।

उनले भने,‘अहिले सदनमा जारी गतिरोध अन्त्यका लागि पार्टी सभापति रवि लामिछानेज्युले अनुरोध गर्नुभयो । यो कति मुद्दाहरु हामीले छलफल गरेर, लामो छलफल गरेर मात्रै निराकरण हुन्छ । त्यो समाधान हुन्छ । अहिले यो विषय सदन अवरुद्ध हुने, गतिरोध छ । त्यसलाई निराकरण गरेर जानुपर्छ भन्ने हिसावमा सभापतिज्युबाट अनुरोध भयो । र त्यसमा दलहरुको तर्फबाट केही कुराहरु राखिएको छ । र यसमा चाहीँ सामान्यतया सरकारको तर्फबाट यसलाई प्रष्टयाउने, यसलाई स्पष्ट गर्ने गरी परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयले त्यो विषयमा केही कुराहरु राखि पनि सक्यो । त्यसलाई आवश्यक प¥यो भने सदनमा पनि राख्न सकिन्छ भन्ने हिसावमा सभापतिज्यूले राख्नुभयो । अरु दलहरुको तर्फबाट यसमा छलफल गरेर मात्रै हामी अगाडि बढौ भन्ने कुरा छ ।अरु विषयमा लगभग अगाडि बढेर टुंगिसकेको अवस्था छ । भारत भ्रमण र समसामयिक विषयमा छलफल निष्कर्षमा पुगेको छ । र अहिले जुन सदनमा अवरोध छ । त्यो सदनको अवरोध हटाउने विषयमा छलफल धेरै अगाडि बढिसकेको छ । केही कुराहरु अझै बाँकि होकि जस्तो देखिन्छ । अव यो प्रधानमन्त्री मातहत विभिन्न विषयगत मन्त्रालयहरु छन । र, त्यो मन्त्रालयहरुले हेर्ने विषयहरुमा सम्बन्धित मन्त्रालयहरुले नै कृषिमा केही कुरा उठयो भने कृषि मन्त्रीले गर्ने कुराहरु हुन्छन । ऊर्जामा केही कुराहरु उठे, ऊर्जामन्त्रीले गर्ने कुराहरु हुन्छन् । परराष्ट्र मामिलाबारे केही कुराहरु उठे भने परराष्ट्रमन्त्रीले गर्ने कुराहरु हुन्छन । त्यो कारणले गर्दा सम्बन्धित मन्त्रीले नै सिंगो सरकारको प्रतिनिधित्व गरेर बोल्नै भनेकै त्यसमा प्रधानमन्त्री, सरकार र त्यो सरकारको नेतृत्व गर्ने राजनीतिक दल । यो सबैको जवाफ हो । त्यो विषय भएको कारणले गर्दा विषयगत विषयमा प्रवेश गरेको कारणले गर्दा यो विषयगत क्षेत्रबाटै अगाडि बढाउनु पर्दछ भन्ने विषयमा छलफलहरु भयो । मैले त छलफल भएको कुरा राखिराखेको छु नि त । सरकारको तर्फबाट प्रधानमन्त्री वा मन्त्री वा पार्टीको नेतृत्व तहबाट कुराहरु आयो भने त्यसलाई ठिक ढंगले सम्बोधन गर्ने कुरा त विषयगतमा छिर्छ । त्यो कारणले विषयगत रुपमा यो कुरालाई सम्बोधन गरौ भन्ने हिसावमा छलफल भयो । होइन यसमा प्रधानमन्त्री आउनु भएदेखि उपयुक्त हुन्थ्यो, राम्रो हुन्थ्यो भन्ने हिसावमा दलहरुको कुरा छ । यो विषय अहिले दलहरुको बीचमा छलफल भईराखेको छ । त्यो कारणले सर्वदलीय बैठकमा छलफल गरिएको हो । यो विषयगत भएको कारणले विषयगत रुपमा नै छलफल अगाडि बढाऔ भन्ने भएको छ । र, यसमा आवश्यक्ता प¥यो भने थप छलफल हुन्छ ।’

महामन्त्री बुर्लाकोटीले परराष्ट्र मामिलाको विषयलाई ठिक ढंगले सम्बोधन गर्ने काम परराष्ट्र मन्त्रालयले गर्ने पनि बताएका छन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?