Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

दरबार हत्याकाण्ड छानबिन अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय


काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । उनले राजदरबार हत्याकाण्डसम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढाइने बताए । उनले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिससहित प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने समेत बताएका छन् । गुरुङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कारबाही सिफारिस गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गर्ने घोषणा गरे । उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप प्रभावकारी बनाउँदै, हाल प्रक्रियामा रहेका जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिएका छन् ।

उनले भने, ‘जेनजी आन्दोलनसँग सम्बन्धीत घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानविन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने, २०५८ साल जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानविन अगाडि बढाउने, गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुक्ष्म अध्ययन गरी कारबाही गर्न सुरक्षा निकायमा एसआईभिटी गठन गर्ने, नेपाल प्रहरीअन्तर्गत रहेको सिआईबीलाई थप प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका जघन्य अपराधका सबै फाइलहरुलाई सिघ्र टुंगोमा पुर्याउन निर्देशन दिने, ब्यूरोमा रहेका आर्थिक, संगठित अपराध लगायतका मुद्दा अनुसन्धान गर्न मुद्दाको प्रकृति अनुरुप विशिष्टकृत समूह गठन गर्ने निर्णय गरेका छौँ ।’

मन्त्री गुरुङले कुनैपनि नागरिकमाथि चरित्रहत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताएका छन् ।


प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?