Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

राजनिति


उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण

काठमाडौँ । मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त भएका छन् उनलाई कोशी प्रदेशका मुख्यमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार एक समारोहबिच पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री एवम् सो विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राई,

विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस्ः खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरुसँग आग्रह गरेका हुन् । उनले खेलकुदे शारीरिक

दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले नेपाली काँग्रेस र नेकपा एमाले समिकरणमा संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको बताउदै यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम

पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र

भीम रावललाई एमाले संगठित सदस्यबाट हटाइयो

काठमाडौँ। नेकपा (एमाले)ले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रिय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी समेत खोसेको छ । पार्टीको

सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धीको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई नछोड्ने दाबी गरेका छन् । काठमाडौँमा तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले बुधबार आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन

मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैनः नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली काँग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो टिप्पणी गरेका हुन् । उनले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको बताएका

‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’

काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने धारणा राखेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद हस्तान्तरण तथा प्रमाणपत्र वितरण समारोहमा उनले पेसागतरुपमा स्वतन्त्र भई पत्रकारले स्वच्छ र मर्यादित पत्रकारिता गर्नुपर्ने भन्दै यसले समृद्ध

संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । आज भक्तपुरको नगरकोटमा सम्पन्न ‘संसद्-सञ्चार’ अन्तरसंवाद कार्यक्रममा उनले पत्रकारिता पेसालाई लोकतान्त्रिक पद्धतिमा सँगसँगै लिएर गए मात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गरे । “लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद् बन्नुपर्छ । प्रभावकारी संसद् बनाउन सञ्चारमाध्यम

पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह

काठमाडौँ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह गरेकी छिन् । नेपाल पत्रकार महासङ्घ दाङ शाखाबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आज घोराहीमा आयोजित कार्यक्रममा उनले सञ्चारकर्मीका समस्या समाधान गर्न आफूले विगतमा उच्च प्राथमिकता दिएको जानकारी दिएकी छिन् ।

सम्वन्धित समाचारहरु