Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

राजावादीकाे आन्दाेलन राेक्न तीब्र तयारीमा सरकारः एरपाेर्टमा सिमितलाई जान दिने,बाँकीलाई गौशाला, तिनकुनेमा राेक्ने !


काठमाडौँ । आइतबार हुने राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा १० हजार मान्छे उपस्थित हुने गृह मन्त्रालयले आँकलन गरेको छ। पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्।

राप्रपा, दुर्गा प्रसाईसहितका राजतन्त्र पुनस्थापना पक्षधरहरूले राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि बढाइरहेका अवस्थामा गृह मन्त्रालयले १० हजार मान्छेको उपस्थित हुने आँकलन गरेको हो। तर राजतन्त्र पुनस्थापना पक्षधरहरूले भने राजाको स्वागतमा हजारौं उपस्थित हुने दाबी गरेका छन्।

राजतन्त्र पुनर्स्थापना पक्षदरहरूको भेलालाई व्यवस्थित बनाउन गृह मन्त्रालयले आयोजकहरूसँग शनिबार छलफल गर्ने तयारी गरेको छ। पोखराबाट पूर्व राजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ।


प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?