Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राजावादीकाे आन्दाेलन राेक्न तीब्र तयारीमा सरकारः एरपाेर्टमा सिमितलाई जान दिने,बाँकीलाई गौशाला, तिनकुनेमा राेक्ने !


काठमाडौँ । आइतबार हुने राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा १० हजार मान्छे उपस्थित हुने गृह मन्त्रालयले आँकलन गरेको छ। पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्।

राप्रपा, दुर्गा प्रसाईसहितका राजतन्त्र पुनस्थापना पक्षधरहरूले राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि बढाइरहेका अवस्थामा गृह मन्त्रालयले १० हजार मान्छेको उपस्थित हुने आँकलन गरेको हो। तर राजतन्त्र पुनस्थापना पक्षधरहरूले भने राजाको स्वागतमा हजारौं उपस्थित हुने दाबी गरेका छन्।

राजतन्त्र पुनर्स्थापना पक्षदरहरूको भेलालाई व्यवस्थित बनाउन गृह मन्त्रालयले आयोजकहरूसँग शनिबार छलफल गर्ने तयारी गरेको छ। पोखराबाट पूर्व राजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ।


प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?