Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राजा फर्कने भएसँगै सुरक्षा व्यवस्था कडाः सेना परिचालनसम्मकाे तयारी !


काठमाडौं । भोलि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने र उनका समर्थकहरूले ‘भव्य’ स्वागतको तयारी गरेसँगै सुरक्षा व्यवस्थामा व्यापक व्यवस्था गर्न तयारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकमा लिएको निर्णय अनुसार विभिन्न सुरक्षा निकायका तर्फबाट सुरक्षाकर्मीहरूको परिचालन गरिनेछ। सुरक्षा योजना अनुसार, नेपाल प्रहरीले काठमाडौंमा ‘आवश्यक’ संख्यामा फौज परिचालन गर्नेछ। जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, कुनै पनि प्रकारको हुलहुज्जत, गैरकानूनी वा सामाजिक मर्यादाविपरीतका कार्यहरूलाई रोक्नका लागि विभिन्न युनिटका प्रहरी तैनाथ हुनेछन्।

काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै विशेष सुरक्षा व्यवस्था गर्नेछ। यस सुरक्षा व्यवस्थामा नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू पनि समावेश हुनेछन्, जसको व्यवस्थापन जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्नेछ। सुरक्षा संयन्त्रका चारवटै इकाइहरूको परिचालन हुनेछ।


प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?