Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राजा फर्कने भएसँगै सुरक्षा व्यवस्था कडाः सेना परिचालनसम्मकाे तयारी !


काठमाडौं । भोलि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने र उनका समर्थकहरूले ‘भव्य’ स्वागतको तयारी गरेसँगै सुरक्षा व्यवस्थामा व्यापक व्यवस्था गर्न तयारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकमा लिएको निर्णय अनुसार विभिन्न सुरक्षा निकायका तर्फबाट सुरक्षाकर्मीहरूको परिचालन गरिनेछ। सुरक्षा योजना अनुसार, नेपाल प्रहरीले काठमाडौंमा ‘आवश्यक’ संख्यामा फौज परिचालन गर्नेछ। जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, कुनै पनि प्रकारको हुलहुज्जत, गैरकानूनी वा सामाजिक मर्यादाविपरीतका कार्यहरूलाई रोक्नका लागि विभिन्न युनिटका प्रहरी तैनाथ हुनेछन्।

काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै विशेष सुरक्षा व्यवस्था गर्नेछ। यस सुरक्षा व्यवस्थामा नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू पनि समावेश हुनेछन्, जसको व्यवस्थापन जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्नेछ। सुरक्षा संयन्त्रका चारवटै इकाइहरूको परिचालन हुनेछ।


प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?