Trending
>>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय >>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

राजनिति


नेपाल महिला सङ्घको अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग

२२ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले विधानविपरित काम गर्न संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग गरेका छन् । सङ्घको केन्द्रीय समितिले आज अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गरी सङ्घको वर्तमान अध्यक्षले विधान विपरित १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई वर्खास्त गरेको भन्दै विरोध जनाएको

सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

२२ श्रावण, काठमाडाैँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए

महिला संघका असन्तुष्टको चेतावनी: विधानविपरीतका काम नसच्याए समानान्तर समिति र गतिविधि

२२ श्रावण, काठमाडाैँ । कांग्रेस भ्रातृ संस्था नेपाल महिला संघका असन्तुष्ट केन्द्रीय सदस्यले विधानविपरीत जिल्लाका निर्वाचित समितिहरु भंग गर्ने महिला संघ सभापतिलाई बर्खास्त गर्न माग गरेका छन् । उनीहरुले गौशालामा पत्रकार सम्मेलन गरी ३ दिनभित्र विधानविपरीतका कार्य नसच्याए देशैभरी समानान्तर समिति र गतिविधि गर्ने महिला संघका २० जना केन्द्रीय सदस्यहरुको

माओवादी नेताले प्रत्येक दिन समाजिक सञ्जालमा दुईवटा ‘स्टाटस’ लेख्नुपर्ने

२२ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ । राजधानीमा आइत सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान

एकीकृत समाजवादीको कार्यबाहक अध्यक्षको जिम्मेवारी भुसाललाई

२२ श्रावण, काठमाडाैँ । एकीकृत समाजवादीको कार्याबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा. बेदुराम भुसालले पाएका छन् । अध्यक्ष माधवकुमार नेपाल पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्वीटजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने कार्यक्रमा सहभागी हुन २२ साउनदेखि १ भदौसम्म विदेशमा रहने भएकाले पार्टी कामको संयोजन गर्ने जिम्मेवारी भुसाललाई दिइएको हो

कांग्रेसले तीनै तहका सरकारलाई जिम्मेवार बनाउन खोजेको छ : नैनसिंह महर

२२ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत धनुषामा खटिएका नेता महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाएका हुन्। जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले गठबन्धनको साझा अवधारणाअनुरूप

संसद अवरोध हटाउन सभामुख घिमिरेले बोलाएको बैठक १२ बजे बस्दै

२२ श्रावण, काठमाडाैँ । सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गरेको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

माधव नेपालको सचिवालयले भन्यो -अदालतको फैसलाबारे जानकार हुनुहुन्छ,१ भदौमा स्वदेश फर्कनुहुन्छ

२२ श्रावण, काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सर्वोच्च अदालतको फैसलाबारे जानकार रहेको सचिवालयले जनाएको छ । बालुवाटार जग्गा प्रकरणमा नेपाल समेतलाई छानबीनको दायरामा ल्याउन अदालतले आदेश गरेको भोलिपल्टै विदेश प्रश्थान गरेको भन्दै टिकाटिप्णी भएपछि सचिवालयले विज्ञप्ति जारी गरेर स्पष्ट पारेको हो । उनी १ भदौमा स्वदेश फर्कने

ललिता निवास प्रकरण : पूर्वमन्त्री गच्छदारसहित ४ जना विरुद्ध पक्राउ पुर्जी जारी, जुनसुकै बेला पक्राउ पर्न सक्ने

२२ श्रावण, काठमाडाैँ । काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक जना राज्यमन्त्री विरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार

माधव नेपाल स्विट्जरल्याण्डको जेनेभा प्रस्थान

२२ श्रावण, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनि आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने

सम्वन्धित समाचारहरु